Skip to content


फूललाई फूलकै माया
मायालुलाई मनको
उनकै मनको फुलबारीमा
घुम्छु एक फन्को ।

चमक चमक चम्किएको
मधुर प्रकाश जुनको
रहरको फूल फूल्यो
गीत गाउँछु उनको ।

कोमल रहर मेटाउने
ओठकै मुस्कान उनको
पवित्र त्यो दिलभित्र
धड्क्यो माया मनको ।

सम्झनाको फूलवारीमा
रहर फूल्यो उनको
आहा दिलको धरतीमा
माया झुल्यो मनको ।

रिसाएर माया गर्ने
दिलको सुहाग उनको
दिल भित्र माया साँच्ने
पाएँछु माया मनको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *