Skip to content

गंगा अधिकारी

पक्कै ऊ आदर्शको पहाड चढेको हुन पर्छ

पैतालामा ठेलाहरू छन्,
पक्कै ऊ
आदर्शको पहाड
चढेको हुन पर्दछ।
दुनियासँग जितेर बाँच्न,
पक्कै ऊ आफू
आफैसँग लडेको हुनपर्छ।

हर प्रहरमा बाँचेकी छु

न तिमीलाई पाउने रहरमा बाँचेकी छु।
न तिमीलाई गुमाउने डरमा बाँचेकी छु।

तिमी र तिम्रा यादहरु दुवै प्रिय छन्।
तिनै याद हरुको सहरमा बाँचेकी छु।

प्रमाण लिएर आउनुस

भन्दिन मा संजीवनी पहाड लिएर आउनुस
तर्कले काम चल्दैन, प्रमाण लिएरआउनुस।।

हत्या त भयको छ , तिरस्कारको छुरा रोपी।
रहर हरको लाश थेग्ने ढाड लिएर आउनुस।।

बुझ्न आउनु भाको भए ज्यूँदैछ या मारी भनी
लासहरु जलाउने वाण लिएर आउनुस।।

पैसामा मान्छे किन जोक्छ माया

अंध्यारोमा साथ छोडिन्छ छायाँ।
पैसामा मान्छे किन जोक्छ माया।।
लड्नुछ उठ्नुछ ईतिहास रच्नु छ।
आवश्य एक दिन पलटने छ काया।
पैसामा मान्छे किन जोक्छ माया।।

माया घट्दैन

तिमीलाई जित्ने मेरो , कुनै रहर छैन
माया गरेको हो , खेल खेलेको हैन।।

तिमी स्वीकार या नस्विकर तिम्रो कुरा।
मुस्कुराई रहन्छु ,चाहे लैजाऊ मेरो चैन।

ऋण हैन माया यो किस्तामा लगाउन।
फिर्ता देऊ फिर्ता नदेऊ माया घट्दैन।।

चाहिँदैन हिरामोती

बेरङ्ग यो जिन्दगीमा थोरै रंग भरिदेउन।
चाहिँदैन हिर मोती थोरै माया गरिदेउन।

निस्ससिन्छु डराउँछु भाग्न खोज्छु आफैसँग।
तिम्रो त्यो अंगालोको सहारामा बेरीदिउन ।।
चाहिँदैन हिरा मोती थोरै माया गरिदेउन।।

गजल

आफ्नै मनलाई कुल्चिएर अपराध यही बनाई दिउँ की
आफ्नो नाम , तिम्रो नाममा बद्नाम भई बनाई दिउँ की

इज्जत बेज्जत भन्ने सबै आफ्नो आफ्नो मान्यता हो
कहीले कहीँ त लाग्छ तिम्रो आरोप सही बनाई दिउँ की

GangaAdhikari

मेरो एउटा परिकल्पना

कोरोना नामक राक्षसको कारण
मानव सभ्याताको बिनास हुनेछ
भवन रुपी जंगल हुनेछ
त्यो जंगल फाडेर
मान्छेहरू रुख ठड्याउने छन्
मनिसमा बुद्धि त हुनेछ
तर होस नभएको कारण