पैतालामा ठेलाहरू छन्,
पक्कै ऊ
आदर्शको पहाड
चढेको हुन पर्दछ।
दुनियासँग जितेर बाँच्न,
पक्कै ऊ आफू
आफैसँग लडेको हुनपर्छ।
मन भित्र अनेक
पीडाहरू लुकाएर
ऊ ढाल बनी
आफ्नो सन्तानको
रक्षामा खटिरहेको छ।
आफ्नो सन्तानको भविष्य उज्वल हुने
विश्वासमा ऊ अडेको हुनपर्छ।
चाउरियका गाला,
हातका खस्रा छाला,
घोटिएका नङ्ग्रा देख्यौ?
निधारमा डोबहरू छन्,
जिम्वेवारीको नाम्लो गडेको हुनपर्छ
उसका पनि
आफ्नै केही बेग्लै
सपनाहरू होलान्
नित्त्यान्त अति व्यक्तिगत
तिम्रा सपना पूरा गर्दा गर्दै,
संघर्षको रापले डढेको हुनपर्छ।
हरेक पिता महान छन्
ऊ पनि महान छ,
संघर्षको कथा
उसले आफ्नो
पितामा, पढेको हुनपर्छ।
(विश्वका सम्पूर्ण महान पिताहरुमा समर्पीत)
