Skip to content

मेरो एउटा परिकल्पना

GangaAdhikari


कोरोना नामक राक्षसको कारण
मानव सभ्याताको बिनास हुनेछ
भवन रुपी जंगल हुनेछ
त्यो जंगल फाडेर
मान्छेहरू रुख ठड्याउने छन्
मनिसमा बुद्धि त हुनेछ
तर होस नभएको कारण
भवनभित्रका अन्नलाई
माटो सम्झेर माटोमै गाड्ने छन्
त्यही अन्नले नयाँ तुष हाल्ने छ
र फेरि एउटा नयाँ युग जन्मने छ
परिकल्पनाभन्दा बाहिरको कुरा
थाहा छैन !
त्यो सत्य युग हुनेछ ?
या कलियुग हुनेछ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *