Skip to content

जीवा लामिछाने

पिरामिडहरूको देशमा

  • by

गिजाको विश्वप्रिसद्ध पिरामिड, अफ्रिकाका धेरै देशहरू छिचोल्दै इजिप्टको भूमध्य सागरमा आएर टुंगिने संसारको सबैभन्दा लामो नाइल नदी, त्यसैगरी असंलग्न आन्दोलनका एक प्रणेता गमाल अब्दल नासेरको नामसँग जोडिएका धेरै प्रसंगका कारण इजिप्ट भ्रमण गर्ने मेरो धेरै पुरानो चाहना थियो ।

टापु-टापु

  • by

श्यामश्वेत जीवनको पानालाई भ्रमण र मनोरञ्जनले रंगीन तुल्याउन यसपटक नयाँ वर्ष र क्रिसमसको छुट्टीमा म, विन्दिता, अनुराग र अनुकृतले प्रकृतिको सुन्दरतम् देश माल्दिभ्स जाने योजना बनायौँ। त्यसो त माल्दिभ्स रिसयनहरूको निकै लोकप्रिय गन्तव्य पनि हो।

जगदिश दाइको अन्तमर्न

  • by

जगदिश घिमिरेको बहुचर्चित अन्तर्मनको यात्राबारे एउटा पुस्तक समीक्षा गर्न मन लागेको थियो। तर कहिले व्यस्तता त कहिले आलस्यले गर्दा त्यो धोकोमै सीमित रह्यो। अब त धेरैले त्यो उत्कृष्ट पुस्तकका बारे लेखिसकेको हुँदा मेरो त्यो योजना असान्दर्भिक भइसकेको छ। उहाँसँग पो सीमित जिन्दगी भएकोले हातै नचल्दा पनि केही लेखिहाल्नुपर्ने र शरीरै नउठ्दा पनि केही गरिहाल्नुपर्ने हतार थियो। मलाई भने डाक्टरले जीवनको सीमा नतोकेकाले समयप्रति बडो निरपेक्षता छ, कुनै झ्टपट छैन। त्यसैले अन्तर्मनको यात्रा ले मेरो मनमस्तिष्कमा, जीवनजगतप्रतिको बुझ्ाइमा नै हलचल ल्याइदिँदा पनि मैले त्यो पुस्तकको बारेमा आफ्ना अनुभूतिहरूलाई लिपिबद्ध गर्ने जाँगर जुटाउन सकिनँ। एउटा मौका गुमेकोमा पछुतो लागिरहेको छ।