Skip to content

हेम भण्डारी

खगेन्द्र सर

  • by

यसपालि खगेन्द्र सरलाई देखेँ मैले। खगेन्द्र सरलाई नदेखेको १८ वर्ष भइसकेको थियो। बुझाएर पढाउनुपर्दा र बुझाएर पढाउनेहरूको कुरा चल्दा खगेन्द्र सरको आकृति मेरो आँखाअघि उभिन्छ। खगेन्द्र सरको आकृति उभिएपछि म पनि मिहिनेत गरेर पढाउन थाल्छु।

घडी

  • by

दिनहरू छिचोल्दै जाँदा गणनाभित्र हजारौँपटक बरालिन्छ मस्तिष्क ! सोचाइका तह-तह महिना, हप्ता, बार, घण्टा, मिनेट, सेकेण्ड हुँदै घडीका कुनाकाप्चा जोतिन्छन् । हरेक काँटाहरूमा अडिएको मन फन्का मार्न थाल्छ, घुमिरहन्छ जिन्दगी ! घडीसँगै घुमिरहेको मेरो जीवनको हिसाब बुझेर अत्तालिन्छु कहिलेकाहीँ । कहिलेकाहीँ घडीको बाटो नापेर लामो सङ्घर्ष पढ्दापढ्दै बीचैमा रोकिन्छु अनि ठोकिन्छु क्रमशः छोटिँदै गएको आफ्नो पूर्ण यात्राको पूर्ण बाटो सम्झिएर !

स्मृति बिम्बका धर्साहरूसित

  • by

एउटा रोगी घामको
धमिलो बिहान र किरिङमिरिङ अनुभूति
यो कोठामा सबेरै छिरेर अचेल
मलाई गााजिरहन्छन् निरन्तर,
खोतलखातल पारेर मलाई
पोखिरहन्छन् जतासुकै