प्रकाशप्रसाद उपाध्याय
कमण्डलुको जल
जाडोको मौसम थियो । एउटा छेपारो बिहानी पखको न्यानो घाम ताप्दै थियो । आफूले घाम तापिरहेको छाप्रोको टाटीसित साधुको छाप्रो थियो । गोठालो आएर दूध दुहुने सुरसार गर्दै थियो । दूध निचोर्न थाल्नुअघि गोठालोले गाईको थुनबाट दूधका केही धारा यता उति फाल्दै थियो । यस्तैमा एउटा धारा छेपारोको मुखमा परेछ । पहिले त छेपारो दूधको न्यानो धारबाट झस्क्यो । पछि उसले मुखमाथिको दूध चाट्न थाल्यो । दूधको स्वाद उसलाई मीठो लाग्यो । अनि ऊ बाछोको भाग्य देखेर दङ्ग पर्यो । यसपछि उसलाई पनि बाछो हुन पाए हुन्थ्यो भन्ने कुरा मनमा उठ्न थाल्यो ।
