मनको एउटा आधारभूत समस्या
म अहिले शून्यतामा, रिक्ततामा, असाधारण अभावमा, भौतिक कुरा छोडौं मानसिक कुराको समेत अतुलनीय खोक्रोपनमा बसिरहेको छु । म बाँचेको नै छु । प्रमाण के भने म अहिले कलम लिएर पाठक समक्ष आइरहेको छु, म खाइरहेछु, बसिरहेछु, सुतिरहेछु, फेरि दिनदिनै ब्युँझिपनि रहेछु । मलाई मसित काम पर्नेदेखि मलाई चिन्नेसम्म मानिसहरू बोलाउने गर्दछन्, कहिलेकाहीँ मसित कुरा पनि गर्दछन्, आवश्यक भए केही लेनदेन पनि गर्छन् । मेरो मान राखिदिन भेट्दा र छुट्टिंदा मलाई अभिवादन पनि गर्छन् ।
