ईश्वर छ, ईश्वर छैन । यो राम्रो छ, यो राम्रो छैन । यो जाति हो, यो जाति होइन । यो सबभन्दा काम लाग्ने र महìवपूर्ण कुरो होइन । हाम्रो मानव जीवनको इतिहासमा यस्ता पक्ष दिइएका कुराहरू, वादविवादका कुरा, मनपर्ने र नपर्ने कुरा परापूर्वकालदेखि चल्दै आएका छन् । आज पनि वर्तमानमा चलेका छन् र पक्का छ यस्ता मतभिन्नता, वादविवाद र पक्षविपक्षका कुरा भोलिका दिनमा पनि चलिनै रहनेछन् । यस्ता कुराले हाम्रो मानव जातिलाई के फाइदा गरेको छ वा क्षति गरेको छ ? यस प्रश्नको उत्तर पनि दुई किसिमकै छ र वा हुन्छ भन्ने देखिन्छ ।

सबभन्दा पहिले कुनै कुरो “हो” भन्नु र “होइन” भन्नु अति व्यक्तिगतरूपमा उत्तिकै रुचि, आग्रह र महìवको कुरो हो तर जब त्यसलाई व्यक्तिमा मात्र सीमित नराखी मानव समुदायका बीचमा ल्याइन्छ, भनौा तीन वा तीनभन्दा बढी मानिसका बीचमा राखिन्छ, त्यसले अर्कै स्वरूप ग्रहण गर्न थाल्छ । जस्तो भनौा- तीन, पााच, सात र नौ वा त्यसभन्दा बढी मानिसका बीचमा त्यसलाई छलफलमा, विचार-विमर्श, जााच-पडतालका निम्ति वा निर्णयका निम्ति राखियो भने ती सबैको राय एउटै भएमा त कुनै समस्या आइ पर्दैन, बरु उल्टो त्यो कुरोले सबैको स्वीकृति पाएर बढी विश्वास, सम्मान, आदर र सुरक्षित शक्तिको रूप लिन्छ । यसअर्थमा यो धेरै राम्रो मानिन्छ भन्नुपर्छ । त्यस कुरालाई लिई ती सबैको एकै राय भई व्यावहारिक काम गर्न धेरै सजिलो हुन्छ तर केही गरी मतमतान्तर भयो भनेचाहिा समस्या खडा हुन थाल्छ र यो छलफलसित सम्बन्धित मानिस जतिधेरै भए त्यसले त्यति नै ठूलो समस्या निकाल्न पनि बेर लाउन्न । किन ? किनभने त्यहाा त्यस विषयलाई लिई दुई वा दुईभन्दा बढी राय/विचार/धारणा/विश्वास उत्पन्न भैदियो भने त्यस मतभिन्नताले समाजमा एकमत हुादाको अवस्थाको ठीक विपरीत चर्को वादविवाद र मतभिन्नताको वातावरण खडा गर्छ । जसको विचारले त्यस विषयलाई जस्तो देख्छ/जान्दछ/ठहराउाछ त्यही अनुसार उसले त्यस कुरामा आˆनो धारणा मात्र व्यक्त गर्ने होइन कि त्यही अनुसारको व्यवहार र कार्य देखाउन खोज्छ । अनि त्यसरी प्रत्येक व्यक्ति वा व्यक्ति-समूहले आ-आˆनै विचार वा धारणा अनुसारको काम गर्दा समाजका अरू विचार वा धारणाका मानिसलाई आपत्ति नहुने भए त केही हुादैनथ्यो । सबै आ-आˆनो विचारअनुसार काम गर्छन् र चाहे कोही धेरै हुन् चाहे थोरै वा चाहे कोहीकोही एक्लो विचारका मात्र किन नहुन् तर त्यसो नभई जब मतभिन्नताका आधारमा म अर्को विचार मान्दिन र त्यसको कामलाई पनि म स्वीकार्दिन वा त्यो काम हुन दिन चाहन्न भन्यो भने त्यो समाजको तानातान वैमनश्य/झगडाको विषय बन्छ । अनि त्यसले आ-आˆनो बेग्लै विचारका आधारमा बेग्लाबेग्लै हिाड्ने, काम गर्ने र एकले अर्कालाई नसघाउने अवस्था आइपर्‍यो भने त्यो मानव समूह धेरै ठूलो खाल्डोमा पर्छ । त्यस्तो बेलामा समाजमा न्यूनतम सहमतिको वातावरण कायम गर्न केसम्म गरेको पाइन्छ भने अहिलेलाई व्यवहार चलाउन दिन वा व्यवहारै त नरोकियोस् भन्ने हेतुले बहुमतले भनेको कुरालाई चालु गर्ने । बााकी भिन्न मतका मानिसले त्यसलाई उचित ठान्दैनन् भने उनको विश्वासलाई पनि सामाजिक सौजन्यता अन्तर्गत मान्यता दिने तर समाजको साझा कामलाई रोकिन नदिने । पछि फेरि समाजको चित्त परिवर्तन भई अर्को कुनै विचारले समाजको साझा सहमति वा बहुमत पाएछ भने पछिको समाजले त्यसै अनुसार व्यवहार चलाउने । यही सिद्धान्तको आधारमा लोकतन्त्र वा प्रजातन्त्र चलेको हुन्छ । यस न्यूनतम सर्तलाई नमानी मेरो विचार अरूकोसित मिले पनि नमिले पनि मैले त्यस अनुसारकै काम गर्न पाउनुपर्छ भन्यो भने समाजमा अराजकता, भद्रगोलतन्त्र मच्चिन्छ र समाजै अवरुद्ध हुन्छ । समाजमा सम्हालिनसक्नुको अराजकता फैलन्छ । अझ कसैले “म अरू कुरो केही जान्दिन र मान्दिन पनि । म आफूले जे ठीक ठान्छु त्यै गर्छु र बााकी सबैलाई पनि गर्न लगाउाछु । जो भनेको मान्दैनन् तिनलाई बल प्रयोग गरेर भए पनि मान्न लगाउाछु” भन्यो भने उसले समाजमा एकतन्त्र/हुकुमीतन्त्र/जबरजस्तीतन्त्र/अधिनायकतन्त्र/निरङ्कुशतन्त्र चलाउन खोजेको ठहर्छ तर यो तन्त्र जुनसुकै विचारको मानिसले वा त्यस्तो विचारका मानिस-समूहले चलाओस् त्यो निरङ्कुशतन्त्र नै हुन्छ । त्यसले कसैलाई आˆनो भिन्न मत राख्न नदिने हुनाले समाजका प्रत्येक व्यक्तिले वा अत्यधिक बहुसङ्ख्यक व्यक्तिहरूले त्यसलाई रुचाउन्नन्, स्वीकार्दैनन् र त्यो निरङ्कुश विचारको व्यक्ति वा सानो व्यक्ति समूहले त्यस्तो विचारको

व्यवस्था चलाउन खोज्यो भने समाजका सचेत, सजग, सक्रिय व्यक्तिले त्यसको प्रतिरोध गर्छन् र निरङ्कुशतन्त्री व्यक्तिको दमनकारी व्यवहार हेरी पछि १,२,३,४ गर्दै समाजका अधिकांश मानिसले त्यसको विरोध गरी त्यस निरङ्कुशतन्त्री विचार र त्यस अनुसारको व्यवस्थालाई धरासायी पारी फेरि लोकतन्त्री विचारको व्यवस्थाको पुनस्र्थापना गर्दछन् ।

यस छलफलबाट सबभन्दा पहिलो कुरो के बोध हुन्छ भने समाजमा अज्ञानबसै सही, जब सबै मानिसको चिन्तन र व्यहवार एउटै हुन्छ त्यसबेलामा त्यहाा सबै कुरामा, विचार र व्यवहारमा, साझा सहमती हुने हुनाले समाजले त्यसलाई एक मुखले व्यवहारमा पनि एकढिक्का भई स्वीकार्छन् तर समाजमा जब साझा सहमति नभएर विभिन्न मति वा मत खडा हुन्छन् त्यसबेला समाजमा जसको वा जुन विचारले अत्यधिक बहुमत बटुल्छ वा सामान्य बहुमत बटुल्छ, भनौा ५१ देखि ६० प्रतिशत बहुमत । त्यसलाई पनि समाजले तत्काललाई आफूले स्वीकारेको मत भनी स्वीकार्छ तर समाजमा कसैले पनि जब आˆनो मात्रै विचार लादी अरू सबैको विचारलाई अनादर र अस्वीकार गरी पूरै दबाई आˆनो मात्र एकलौटी विचारको आधारमा काम गर्न थाल्छ, त्यसबेला समाज गम्भीर मतमतान्तर, विरोध र विद्रोहमा परी त्यस अधिनायकवादी विचार त्यसको सत्तालाई नढालेसम्म चुप लागेर बस्दैन ।

त्यसैले यसबाट हामी अर्को एउटा महìवपूर्ण कुरा वा निष्कर्ष के निकाल्न सक्छौा भने समाजमा कसैले पनि -चाहे त्यो व्यक्तिहोस् वा व्यक्ति समूह होस् वा ठूलै पार्टी नै कि नहोस्) समाजमा “मेरो गोरुको बाहै्र रुप्या” भन्ने विचार वा सिद्धान्तको आधारमा जोर-जबरजस्ती र जिद्धी गर्ने हो भने त्यो कुरो अत्यधिक बहुङ्ख्यालाई कहिल्यै मनपर्ने छैन । त्यसैले समाजमा प्रत्येक व्यक्तिले अर्को कुनै पनि विचारको व्यक्तिलाई समान आदर गर्ने, उसको कुरा पनि सुन्ने, आफूलाई चित्त नबुझेमा हार्दिकरूपले विचारको आदान-प्रदान गर्ने गरेमा समाजका अन्य विचार र त्यस अनुसारका भिन्न व्यवहारका व्यक्तिहरूसित पनि सहयात्रा गर्न सकिन्छ । आखिर संसारमा सबै कुरो परिवर्तनशील भएझैा मानव जीवन र उसका विचार र व्यवहार पनि परिवर्तनशील छन् । त्यसैले सबभन्दा पहिले त के कुराको ग्यारेन्टी छैन भने मान्छे आज जे सोचिरहेको छ । परन्तुसम्म पनि त्यही सोचिरहला । त्यसमा पनि कुनै विचारलाई उसले आधारभूतरूपमा परन्तुसम्म बोकेर हिाडेछ भने पनि उसले त्यसलाई व्यावहारिक रूप दिने बेलामा सधैा उही भाषा, शैली, बोली, तरिका आग्रह वा आक्रोशका साथ व्यक्त गर्ला भन्न सकिन्न ।

फेरि विचार परिवर्तनको सम्भावनाको अर्को ठूलो, महìवपूर्ण र जबरजस्त आधार के छ भने मान्छे आˆनो उमेर, देश, काल, परिस्थिति र त्यसबाट आर्जन हुन आउने अनेकमुखी व्यवहारले गर्दा धेरै जान्ने, बुझ्ने, ज्ञानी, कोमल र सहृदयी किसिमले विकसित हुने सम्भावना रहन्छ । यसरी मान्छे अज्ञानबाट ज्ञानतिर, खस्रोमस्रो व्यवहारबाट मसिनो मीठो व्यवहार लिएर केवल अहा, अहङ्कार र आवेगबाट विनम्रता, विवेक र करुणाको मार्ग हुादै अग्रसर हुनाले हामीले के कुरोमा बढी विश्वास गर्न सक्छौा भने कुनै पनि मान्छेसित हामीले एक दुई पटकको सम्पर्क, कुराकानी, आदान-प्रदान र व्यवहारका आधारमा पूरापूर दीर्घकालीन धारणा बनाउनु उपयुक्त हुादैन । कैयन् मान्छेका नराम्रा बानीबेहोरा क्रमशः राम्रातिर पनि जान सक्छन् र कतिका राम्रा कुराहरू पनि नराम्रो बाटो लागि अगि बढ्न खोज्छन् । त्यसैले मान्छेलाई बरोबर उसमा आउन सक्ने वा आएको अनुकूलता वा प्रतिकूल व्यवहारलाई आधारमा अवलोकन गर्दै रहनुपर्छ र सोही अनुसार धारणा बनाउादै पनि लग्नुपर्छ ।

संसारमा जे जति धर्महरू छन्, तिनले मान्छन्, जो ईश्वर मान्दैनन् ती पनि संसारभरिका मानिसलाई आˆनै चिन्तनशैलीमा विचार र व्यवहार गरुन् भन्ठान्छन् तर संसारमा जहिलेदेखि मानिसले ईश्वर खडा गर्‍यो वा ईश्वर छन् भन्ने कुरो बोध गर्‍यो, त्यसै बेलादेखि ईश्वर छैनन् भनी बोध गर्ने मानिस पनि रहादैआएका छन् । तसर्थ सबभन्दा पहिलो प्रश्न यहीा छ भने पनि हुन्छ । संसारका सबै ती मानिस जो ईश्वर छ भन्छन् भने किन तिनीहरू मेरो नामको र परिभाषाको ईश्वर मात्रै सही ईश्वर हो, अर्को ईश्वर गलत ईश्वर वा नक्कली ईश्वर हो भनी वादविवाद गर्छन् ? झगडा गर्छन् ? हुादाहुादा मारकाट गर्नसम्म गर्न पछि हट्दैनन् ? के यो ईश्वर मान्नेको जगत्मा फैलिएको लोकतन्त्र हो ? कि निरङ्कुशतन्त्र हो । त्यसैले ईश्वर छ छैन भन्ने प्रश्नमा पनि लोकतान्त्रिक स्वतन्त्रता हुनुपर्‍यो र जो मेरै ईश्वरमात्र ठीक हो र अर्को होइन भन्छन्, उनले पनि लोकतान्त्रिक व्यवहार मान्नुपर्‍यो । संसार वा विश्व ब्रहृमाण्ड अहिलेसम्मका मान्छेको ज्ञानभन्दा ठूलो छ/व्यापक छ/उचाइमा छ/अनन्तसम्म छ र नै अज्ञेय जस्तो अवस्थामा रहेको छ । त्यसैले ईश्वर छ र छैन भन्ने प्रश्न र मेरो ईश्वर मात्र सााचो हो, अर्कोको झुट्टो हो भन्ने प्रश्न आजसम्मको मानव सभ्यताको इतिहासमा टुङ्गोमा नपुगेकाले हामीले के मान्नुपर्ने हुन्छ भने हाम्रो ज्ञानको सीमाभित्र परेको कुरोमा हामी यो ठीक हो र होइन भन्ने निश्चय गरौा तर जुन कुरा हाम्रो ज्ञानबाट अझै बाहिर छ, त्यसमा कसरी यही हो भनी ठोकुवा गर्ने ? त्यसैले प्रस्ट जानेका कुरामा साझा सहमति गरौ र प्रस्ट हुन बाकी कुरामा आजै निर्णय गर्न नखोजी भोलिका निम्ति छलफलको विषय बनाऔ । यसो गर्न सकेमा आजका कैयन् आक्रोशपूर्ण विषयमा बढी शान्ति र प्रेमका साथ जाचबुझ गर्न सकिएला कि !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *