Skip to content

ज्ञाननिष्ठ ज्ञवाली

सुन्दरीजल जाऔँ

  • by

सुन्दरीजल जान भनी उठीकन मैले
जति थिए कामहरू सबै गरेँ पैले ।
सबैजना मिलीकन स्कुलमा गयौँ
शिक्षक र साथीहरू एकै ठाउँ भयौँ
बसमा चढी सररर सुन्दरीजल पुग्यौँ
उकाली र ओरालीमा रमाइलो गर्‍यौँ

सहिदको सम्झना

  • by

रगतको खोलो बहेर आयो मुटु नै चिरियो
सपना राम्रो नदेख्दा त्यसै मन मेरो पिरियो

यी धर्ती माता कराउन थालिन् छातीलाई पिटेर
सम्झन थालिन् त्यो आफ्नो छोरो हातले टेकेर ।

नेपाली भाषाप्रति विद्यार्थीहरूको घट्दो आकर्षण

  • by

भाषा विचार आदानप्रदान गर्ने माध्यम हो । भाषा समयको अन्तरालमा परिवर्तन पनि हुनसक्छ । विभिन्न कारणले गर्दा भाषाभित्र अनेक रूप पाइन्छन् । यससन्दर्भमा नेपाली भाषाको चर्चा गर्न सकिन्छ । नेपाली भाषालाई नेपालको एक महìवपूर्ण माध्यम भाषाका रूपमा लिइन्छ तर यसलाई उतिसारो महìव दिइएको पाइादैन । मूलतः साना नानीहरूदेखि लिएर ठूलाठूला भाषासेवी तथा भाषाप्रेमीहरूले पनि नेपाली भाषाको बोलचाल र लेखनसन्दर्भमा बेवास्ता गरेको पाइन्छ ।