आज हाम्रो बारीमा ढेडु बाँदर आएछ भर्खर दाना पसेको मकै भाँची खाएछ । फूल टिपेर च्यातेछ फापरबारी नाचेछ रूखरूखै उफ्रेर हाँगाबिँगा भाँचेछ । हेर्दा हामी जस्तै छ
प्यारो लाग्छ हामीलाई आफू जन्मेको यो देश थरीथरीका छन् यहाँ आˆनै भाषा र भेष । गौतम बुद्ध जस्ता शान्तिका अग्रदूत जन्मे यही देशमा गोर्खालीमा वीरता झल्किन्छ यही राष्ट्रिय भेषमा ।
सुन्दरीजल जान भनी उठीकन मैले जति थिए कामहरू सबै गरेँ पैले । सबैजना मिलीकन स्कुलमा गयौँ शिक्षक र साथीहरू एकै ठाउँ भयौँ बसमा चढी सररर सुन्दरीजल पुग्यौँ उकाली र ओरालीमा रमाइलो गर्यौँ
सफा निर्मल दहमा आज जून झरेछ त्यही जून देखेर माछा छक्क परेछ ! माछाहरू दहमा सबै भेला भएछन् जून राखी माझमा वरिपरि बसेछन् । एउटा सानु माछोले जून छुन खोजेछ जूनतिर देखाउँदै
मिहिनेतपूर्वक पढेर कोही डाक्टर भए त कोही इञ्जिनियर र कोही हाकिम भए । अर्थात् उसका सबै साथीहरू जागिरे भए । उसले पढाइमा ध्यान दिएन र खराब सङ्गतमा लागेर उर्वर समय त्यत्तिकै खेर फाल्यो । कति वर्ष परीक्षा
रानीवनमा चंखे फ्याउरोको एक जोडी बस्दथ्यो । फ्याउरा फ्याउरीले वनमा भएको एउटा ओडारलाई आफ्नो घर बनाएका थिए । उनीहरू दिनभरि वनमा पाइने चराचुरूङ्गी, चराका फूल वा जङ्गली फल खाएर आफ्नो गुजारा चलाउँदथे । वनमा
ज्ााडोको महिना । सात बजेको छ । गर्मीको महिना हुँदो हो त सात बज्दा उज्यालै हुन्थ्यो । अहिले त सात बज्दा मध्यराति जस्तो । त्यसमाथि सुमन घरमा एक्लै छ । आमा मामा घर जानुभएको छ । बाबा अफिस । अफिसबाट घर आउन
“आमा ! आज बजार घुम्न जाऔँ न ! बजारमा राम्राराम्रा खेलौनाहरू पाइन्छन् । आज बिदा पनि छ ।” नवीनाले जिद्दी गरेर भनी । बाह्र वर्षकी नवीना ज्यादै जिद्दिवाल छे । उसलाई आज बजारमा घुम्न जाने रहर जागेको छ ।