भाषा विचार आदानप्रदान गर्ने माध्यम हो । भाषा समयको अन्तरालमा परिवर्तन पनि हुनसक्छ । विभिन्न कारणले गर्दा भाषाभित्र अनेक रूप पाइन्छन् । यससन्दर्भमा नेपाली भाषाको चर्चा गर्न सकिन्छ । नेपाली भाषालाई नेपालको एक महìवपूर्ण माध्यम भाषाका रूपमा लिइन्छ तर यसलाई उतिसारो महìव दिइएको पाइादैन । मूलतः साना नानीहरूदेखि लिएर ठूलाठूला भाषासेवी तथा भाषाप्रेमीहरूले पनि नेपाली भाषाको बोलचाल र लेखनसन्दर्भमा बेवास्ता गरेको पाइन्छ ।
निजी बोर्डिङ स्कुलमा पढ्ने आर्थिक दृष्टिले सम्पन्न वर्गका विद्यार्थीहरू विद्यालय जान्छन् र दिनभरि धेरै अङ्ग्रेजी शब्दहरू सिक्छन् तर नेपाली शब्दहरूको प्रयोग कमै गर्छन् । घरमा पनि नेपाली कम बोल्छन् र बोल्दासमेत ‘मिसमास’ नेपाली बोल्छन् । नेपाली भाषा बोल्दा “नेपाली सरले पढायो । म्याथ सर त आज स्कुल आएन । साथीहरू गयो । मेरो ममीले मलाई माया गर्यो । ड्याडीले मलाई चकलेट दियो” जस्ता अनेक अशुद्ध वाक्यहरू प्रयोग गर्छन् । नेपाली विषयमा धेरै नम्बर नआउनु, यस भाषामा दक्ष भएर भनेजस्तो अवसर नपाउनु, विदेश जान र बढी पैसा कमाउनका लागि अङ्ग्रेजी राम्रो छ भने नेपाली कमजोर भए पनि काम चल्नु, केही निजी स्कुल, कलेजहरूमा नेपाली भाषा ‘मदर ल्याङ्वेज त हो नि, जसले पनि पढाउन सक्छ’ भनेर त्यति महìव नदिनुजस्ता कारणहरूले गर्दा पनि नेपाली विषयको अध्ययनमा कम रुचि भएको मान्न सकिन्छ ।
नेपाली भाषामा पोख्त बनेर वा नेपाली विषय राम्ररी जानेर हिजो आज पाइने केही सजिलो रोजगारी भनेको शिक्षण क्षेत्र नै हो । हुन त अन्य क्षेत्रमा पनि यसको आवश्यकता नभएको भने होइन । नेपाली साहित्यमा लागेर कुनै पनि व्यक्ति अगाडि बढ्नसक्छ, नेपाली साहित्यको लेखक बन्नसक्छ । लेखन, प्रकाशनका सन्दर्भमा पनि विभिन्न गुट, उपगुट, तेरो मेरोको भावना, अपारदर्शिता, खुट्टा तान्ने प्रवृत्ति, प्रोत्साहनको अभाव आदि कुराहरूले अप्ठ्यारो स्थिति सिर्जना गरिरहेका छन् ।
अभिभावकहरू पनि आˆना छोराछोरीले अङ्ग्रेजी र्फरर बोलेको सुन्दा र काइदा मिलाएर लेखेको देख्दा मख्ख पर्छन्, सपना साकार भएको सम्झन्छन्, “विदेश गएर राम्रो प्रगति गर्ने भयो” भनेर सुनौलो कल्पनामा हराउन थाल्छन् । हामी आफैा पनि शुद्ध नेपाली बोल्ने अभ्यास गर्दैनौंा । कतिपय निजी स्कुलमा “नेपाली बोल्न नपाइने, अङ्ग्रेजी नबोले सजाय दिने” भन्ने सुन्दा “क्या गजब Û अब त अङ्ग्रेजी राम्रो हुने भयो” भन्छौा ।
केही विद्यालयहरूमा नेपाली भाषा बोल्न नपाउनु, प्रायः निजी विद्यालयहरूमा एउटा नेपाली विषयबाहेक अन्य विषयहरू अङ्गे्रजी माध्यमबाट पढाइनु, ‘नेपाली विषय अप्ठ्यारो छ, जति लेखे पनि पढे पनि ह्रस्वदीर्घ बिगि्रहाल्छ’ भनेर विद्यार्थीहरूलाई तर्साउनु, नेपाली विषयका शिक्षकहरूले परीक्षामा अङ्क दिादा कञ्जुस्याइा गर्नु, एउटै काम अन्य विषयवालाले गरे नेपालीको भन्दा दोब्बर-तेब्बर या त्यसभन्दा अधिक पारिश्रमिक हुनु, नेपालीले नेपालीकै खुट्टामा बञ्चरो हान्न खोज्नु, सााघुरो सोचाइ राख्नुजस्ता कारणहरूले गर्दा पनि नेपाली भाषा साहित्यको अध्ययनमा विद्यार्थीहरूको आकर्षण घटेको मान्न सकिन्छ ।
अहिलेको शिक्षा जागिरमुखी र पैसामुखी भएमा व्यक्ति खुसी हुन्छन् । तुरुन्तै जागिर पाइने, प्रशस्त पैसा कमाउन सकिने विषय नै बढी पि्रय हुन्छ । यस अर्थमा पनि नेपाली भाषा पढेर पाइने अवसरको कुरा पनि सान्दर्भिक हुन्छ । यसको अध्ययनपछि व्यक्ति आˆनो खुट्टामा सजिलैसाग उभिन सकिन्छ कि सकिदैान ? यसको माग र प्रयोग कस्तो
छ ? यसको क्षेत्र के कति छ ? यी सबै प्रश्नका समुचित उत्तर सम्बन्धित निकायबाट नआएसम्म नेपाली विषयप्रति विद्यार्थीहरूको आकर्षण बढ्न सक्दैन । भाषालाई जीवन्त बनाइराख्न र यसप्रति विद्यार्थीहरूको आकर्षण बढाउने उपायको खोजी गर्नैपर्छ । नेपाली भाषा हाम्रो भाषा हो, यो हाम्रो खास पहिचान हो । नेपालीमा बोल्दा र लेख्दा विचार गरेर सकेसम्म नेपाली शब्दमात्र प्रयोग गर्नमा हामी सतर्क हुनैपर्छ ।
