युवामञ्च
एउटै देवीका थरीथरी नाम, थरीथरी नामका थरीथरी अर्थ
जयन्ती मंगला काली भद्रकाली कपालिनी
दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः
श्री दुर्गासप्तशती ।
अर्थात् जयन्ती, मंगला, काली, भद्रकाली, भद्रकाली, कपालिनी, दुर्गाक्षमा, शिवा धात्री, स्वहा, स्वधा नामले प्रशिद्ध तपाईंलाई नमस्कार छ । उपरोक्त श्लोक आद्यशक्ति महामाया भगवतीको स्तुतिका क्रममा वाचन गरिन्छ ।
प्रसिद्धि सिद्धिथुम्काको
तपाईंले इलाम भ्रमण गर्नुभएको छ भने इलाम सदरमुकामबाट पश्चिमपट्ट िएउटा अग्लो डाँडा देख्नुहुन्छ । त्यही डाँडा हो – सिद्धिथुम्का सूर्योदय र सूर्यास्तका दृश्य, विभिन्न मनोरम हिमशृफ्ला तथा तराईका फाँटहरू हेर्नका लागि अति नै मनमोहक स्थल यो डाँडा उपेक्षित अवस्थामा रहेको छ । पर्यटन विकासका लागि इलाममा काम गर्ने सरकारी तथा गैरसरकारी संस्था नभएका होइनन् तर सिद्धिथुम्कामा पर्यटकलाई पुर्याउनेतर्फ कसैले पनि चासो नदेखाएकोमा स्थानीय वासिन्दा चिन्तित छन् ।
बालन नाच – लोप हुनबाट जोगाउने कि !
खासगरी ब्राहृमण-क्षेत्री समाजमा बालन गायन र त्यसको लयसागै नाच्ने परम्परा धेरै पुरानो हो । ब्राहृमण-क्षेत्री समाजमा प्रचलित रहेको हुनाले यसलाई ‘बाहुननाच’ पनि भनिन्छ । बालन, नेपाली संस्कृतिको एक महìवपूर्ण पक्ष हो । पश्चिमा संस्कृतिको प्रभावसागै केही यता बालन गाउने र नाच्ने चलनमा कमी मात्र आएको छैन, यो चलन झण्डै लोप हुने अवस्थामा पुगेको छ ।
नेपाली भाषाप्रति विद्यार्थीहरूको घट्दो आकर्षण
भाषा विचार आदानप्रदान गर्ने माध्यम हो । भाषा समयको अन्तरालमा परिवर्तन पनि हुनसक्छ । विभिन्न कारणले गर्दा भाषाभित्र अनेक रूप पाइन्छन् । यससन्दर्भमा नेपाली भाषाको चर्चा गर्न सकिन्छ । नेपाली भाषालाई नेपालको एक महìवपूर्ण माध्यम भाषाका रूपमा लिइन्छ तर यसलाई उतिसारो महìव दिइएको पाइादैन । मूलतः साना नानीहरूदेखि लिएर ठूलाठूला भाषासेवी तथा भाषाप्रेमीहरूले पनि नेपाली भाषाको बोलचाल र लेखनसन्दर्भमा बेवास्ता गरेको पाइन्छ ।
