Skip to content

फणीन्द्रराज खेताला

देवकोटाजीसँग सुतेको रात

  • by

काठमाडौँ डिल्लीबजार धोबीधाराका पण्डित तीलमाधव देवकोटाको घरमा एक बालकले जन्म लिए । ती बालकलाई जन्म दिने महिला थिइन् अमरराज्य लक्ष्मीदेवी । लक्ष्मी पूजाको पावन पर्वमा जन्मिएका आˆना बालक छोराको नाम पिताले लक्ष्मीप्रसाद राखे तर लक्ष्मी पूजाको दिन जन्मिएका भए पनि बालक त सम्बन्धका वरद पुत्र भएर पो जन्मिएका रहेछन् तर पनि ज्योतिषहरूको धूलौटे विचारमा बालक ‘तीर्थ माधव’ बने । यसरी लक्ष्मी पूजाको दिन जन्मिएका तीलमाधव देवकोटाका साइँला छोरा त्रिवेणीका सङ्गम बने । यो देवकोटा परिवार शिष्ट परिवार थियो ।

महाकवि देवकोटा केही संस्मरण

  • by

प्रकृतिको यो विशाल साम्राज्यमा मानिस मात्र एउटा यस्तो प्राणी छ जसले आफ्नो बुद्धि र विवेकले सबै विषय र वस्तुलाई नियालेर हेर्छ र त्यसको यर्थातातिर इंगित गरेर अरूलाई चिनाउने कोशिस गर्छ । त्यस्ता व्यक्तिक

अरिष्ट र गरिष्ट हुँदै वरिष्ठ भएँ

  • by

सुन्ने र पढ्नेलाई प्रस्तुत रचनाको शीर्षक देखेर अवश्य अनौठो लाग्न सक्छ । म आफैँलाई पनि त्यस्तो लाग्न सक्छ किन कि मैले जे भन्न खोजेको छु त्यो अनौठो नै छ र खासगरी म व्यक्तिसँग सम्बन्धित छु । अर्थात् मेरो आफ्नै बारेको, खासगरी बाल्यकालदेखि सङ्घर्ष गर्दै आएर जवानीसम्म पुगेको कुरा । खास गरी मैले यसमा तीनवटा त्यस्ता विशेषण बुझाउने शब्दलाई मेरो आफ्नै जीवनमा प्रयोग गरें ।

पानीको स्वभाव

  • by

पानी,
पन्यालो, यौगिक वस्तु
जीवको जीवन रस,
भिरालो तिरको
आकर्ष मौलोमा
आफ्नो जीवन निरस्त पार्दै
कुनै बेला मरुभूमिमा अल्पिने
लुकुवा प्रकृतिको यो