Skip to content

केदार शर्मा

यौन मनोविज्ञानको कथा : यायावर

मूल्यः रु.२९५ राजनीतिज्ञ नीलाम्बर आचार्यले एउटा उपन्यासका बारेमा छोटो टिप्पणी गरे, “ब्रजेशको यायावर पढें।

पानीमरुवा

  • by

विडम्बना !
भीष्मसित गोरु बेचेको साइनो नपर्नेहरूसमेत
उसलाई पितामह भन्छन्
एउटा मूल कुरा बिर्सेर
हजुरबाबु हुन पहिले बाबु हुन सक्नुपर्छ
र, बाबु हुनका लागि
आफ्नो अहंकारबाहेक
अरू धेरै कुरालाई माया गर्न सक्नुपर्छ।

म नेपाली

  • by

नेपाल जातीय-सांस्कृतिक विविधता र बहुलताको मुलुक हो। नेपालको विविधताको यो चित्र आगन्तुक र अल्पसङ्ख्यकहरूबाट तयार भएको छ। विभिन्न ठाउँबाट बसाइँ सर्दै आएका समुदायले यस भू-भागमा आ-आफ्नै किसिमका सभ्यता र संस्कृति हुर्काए; शासन प्रशासनका रूपरेखा कोरे; राज्य बनाए वा अर्काको राज्यमा ठाउँ खोजे, मिसिए र बसे। राज्य भएपछि सेना, सेना भएपछि बल, बल भएपछि युद्ध हुने त्यस समयमा हारजित पनि भए नै। राज्यहरू एकअर्कामा गाभिन्थे। त्यस्तै क्रममा ठूलो र सम्पन्न राज्य बनाउने प्रबल चाहना भएका राजा पृथ्वीनारायण शाहले राज्य विस्तारको अभियान थाले। जिते, त्यसैले उनको अभियानले राष्ट्रिय एकीकरणको नाम पायो। उनले नजितेका भए के हुन्थ्यो? यो एकदमै अनुमानगम्य प्रश्न हो― शायद अर्को कसैले नेपाल एकीकरण गर्ने थियो, वा यो भूखण्ड नेपाल का रूपमा जन्मिनुअगावै अर्कै कुनै नाम वा मुलुकको मानचित्रमा समाहित हुनेथियो।