Skip to content

शीतल गिरी

रतेउली

  • by

नेपाल सानो देश भए पनि यहाँ थुप्रै विविधतापूर्ण संस्कृति पाइन्छन् । विभिन्न किसिमको स्वादमा यहाँको संस्कृतिमा झुम्न सकिन्छ । नेपालको लोकसंस्कृतिमा धान नाच, रोदीघर, असारे गीत, डेउडा, बाह्रमासा, बिरहनी, समाचकेवा, जट जटीन, घाटुनाचको आफ्नै रस, सुगन्ध, रङ र स्वाद छ ।

समनपुरको प्रश्न

  • by

समनपुरको इतिहास कोट्याउने कुरा फेरि उठ्यो । समनपुरको जरो इतिहास कहाँसम्म छ भन्ने कुराले म रन्थनिएँ । समनपुर, जुन अहिलेको नाम छ, के पहिले पनि यही नाम थियो ? जङ्गबहादुर सिकार खेल्न आउँदा यो थियो, थिएन ? प्रमाण मौन छ । बागमतीपारि अर्थात् सुवर्णग्राम (हालको मूर्तिया) ध्वस्त गरिँदा यहाँ गाउँ थियो, थिएन ? प्रमाण शान्त छ तर के गरुँ ?

बज्जि गणराज्यको अभिनन्दन

  • by

यादव गोत्रीय राउतहरू शान्त स्वभावका जङ्गली जातिका थिए । उनीहरूको प्राचीन थलो यमुना वा महिष्मती नदीको किनार नै हो ।

बज्जि गणको क्षेत्रफल कति थियो यस कुराले खासै अन्तर पार्दैन, मात्र किम्वदन्ती हो । यसको न गतिलो इतिहास छ, न अन्वेषणको आधार भेट्न सकिएको छ । यो इतिहास नहुँदा समय र घटना नलिए पनि फरक पर्दैन । यो केवल तर्क मात्र हो । पुरानो कुरो लेख्न बस्दा ‘हो’- ‘होइन’ मा अल्झिन हुँदैन । ‘हो-होइन’ मा अल्भिmँदा लेख्नुपर्ने कुरो छुट्न सक्छ । नलेख्नुपर्ने कुरा धेरै लेख्न पुगिन्छ ।