Skip to content

कृष्ण थापा

रेगिस्तानको मृगतृष्णा

सम्भवत: मध्यपूर्वतिरको कुनै सामुद्रिक तटमा थियो त्यो बस्ती ।

धर्तीमा साँझ ओर्लिएपछि एउटा मिठो मेहेफिल जम्थ्यो त्यहाँ । संगीतकारले रसिलो धून भरेझैं मन्त्रमुग्ध आवाजमा एउटा युवक कथा सुनाउथ्यो, कविता गीत या गज़ल गाउथ्यो । उसका प्रत्येक कथाहरुमा प्रायश: यही वस्तीका तस्वीरहरु कुँदिएका हुन्थे । उसको आवाज सुन्न र त्यसमा डुब्न र हराउन एकैछिन थुप्रै प्यासी मनहरु भेला हुन्थे । कुनै अधुरो लक्ष्य लिएर भौतारिदै हिडिरहेजस्तो एउटा यात्री थियो, उसलाई पनि यो स्थानका बारेमा स्पष्ट परिचय भने थिएन।

नजिकै समुद्रका चंचल छालहरूले किनार चुमिरहेको देख्न सकिन्थ्यो भने अर्कोतर्फ पर क्षितिजसम्म फैलिएको एउटा रेगिस्तान । बालुवाको अपार बिस्कुन फिजाएर बसेको धर्ति जोरजोरले तातिदै गए पछि आकाश छुने क्षितिजतिर मृगतृष्णा शुरु हुन्थ्यो । पहाडै पहाडका दृष्टिभ्रमहरु देखिन्थे -सेतो हिमाल, हरियो जंगल, झरना, खोला, नांगी र फराकिला चउरहरु … उसको देश । यस्तो साँझ उ नोस्टाल्जिक भावनाले भिजेका सपनाका कथाहरु भरेर गीत गाउँथ्यो, भोलिपल्ट उसको आवाज अक्षरहरुमा अनुवाद भएर ब्लग या फेसबुकका भित्ताहरुमा टाँसिन्थे, कसैले पढ्थ्यो लाइक गर्थ्यो वा कमेन्ट लेख्थ्यो, अनि उसको मन बुझाउने आधार र खुसीको सिमाना अझ फराकिलो हुदै जान्थ्यो ।

Tiquetonne2067's flickr

गजल

कोशीको छाल संगै, रुनु हुन्न सानु
सधै बालुवाको बगर, हुनु हुन्न सानु

कति स्वार्थी लोभीपापी, संसार छ तिम्रो
आँखा चिम्ली गुलाफ पनि, छुनु हुन्न सानु

धमिला राता दागहरू




धमिला राता दागहरू

आशाका किरणहरु छरिरहेको
न्यानो घाममा बसेर
एकदिन मेरा कल्पनाहरुलाई मैले
सगरको विशाल तलाऊमा सयर गर्न दिएँ
र हराएँ वादल पारी पारी सम्म …

गजल

क्रमश सड़क गल्ली चोक बल्न थाल्यो
हिजै जस्तो फेरि सबै थोक बल्न थाल्यो

खंड खंड हुन्छु भन्छ गणतंत्र नया नेपाल
सांध बार्ने किचलोमा लोक बल्न थाल्यो

अनेसास इजरायलको साहित्य सम्मलेन सफलतापूर्वक संपन्न

नेपाली भाषा साहित्य र संगीत प्रति समर्पित संस्था अन्तरराष्ट्रिय नेपाली साहित्य समाज इजरायलको आयोजनामा यही २५ अप्रिल शनिबार इजरायलको तेल अभिभमा प्रथम साहित्य सम्मेलन सफलतापुर्वक सम्पन्न भयो ।

गाजा र विस्फोटनका धुवाँहरु


“तिमीलाई एड्भेन्चर्स एक्स्पेरियंस गर्न कत्तिको मन पर्छ? ”
“साहसिक अनुभव” मैले मनमनै उल्था गरेँ ।

जहाँ सिंगो देश अल्झिएको छ

नाघ्दै भूगोलका नक्शाहरु
छिल्चोल्दै राष्ट्रका सिमानाहरु
बेहिसाब तन्न्नेरीहरु यहाँ
मुगलान पसेका छन
हराएका सपनाहरु संगाल्न

म त्यही युवा प्रतिनिधि
जो युगीन परिवर्तनका आयामहरु भित्र्याउने
भ्रमको रेखा कोरिरहेछ ।