Skip to content

कल्पना बान्तवा

फूलमतिया

  • by

“बाटो अप्ठ्यारो छ है, सानोबाबु!” फूलमतिया मलाई होसियार बनाउँदै थिई।

म चाहिँ हरियो घाँस मुठ्याएको हातको पछि लागेको सम्मोहित बाख्रा झैं उसलाई पछ्याउँदै थिएँ। हामी साँघुरा गल्लीहरू छिचोल्दै एयरपोर्टछेउको सुकुम्बासी टोलतिर लाग्दैथियौं।

बेड नम्बर …

  • by

‘डाक्टर, हेर्नुस् त ! पाँच नम्बरको ब्लड-ग्यासको रिपोर्ट र अरु प्यारामिटर्स । भेन्टिलेटर अफ गर्न अझै मिल्दैन कि ?’

‘लौ, छिट्छिटो १०१ लाई लेबर-रुम कुदाउँ ! ऊ त सेकेण्ड स्टेजमा पुगेजस्तो छ, बल गर्न थालिसक्यो ।’

एउटा घमाइलो मध्याह्न

  • by

जिन्दगानीसँग छुटाउनै नमिल्ने दुःखसुख जत्तिकै अन्योन्यासि्रत लाग्छन्, अम्बर गुरुङका कालजयी संगीतकर्महरू । तिनले भित्रैसम्म छुन्छन् र निरन्तर छोइरहन्छन् । उनका गीतसंगीतले कहिले ‘ए कान्छा, मलाई सुनको तारा खसाईदेउ न…’ भनुँ-भनुँ पार्छ, कहिले ‘रातो र चन्द्र सूर्य’ गाइरहँदा दबिएको देशप्रेम सुषुप्त ज्वालामुखीझैं मनको सतहमा विस्फोट हुन्छ त कहिले ‘प्रश्नलाई पनि प्रश्न छ’ मेरो भनेर भोगाइको गुढ रहस्यमा अल्झाएर रनभुल्लमा पार्छ । कहिले ‘सम्हालेर राख, सँगालेर राख’ भन्दै छोटो जीवनको बेफुर्सदीमा मायालाई अजम्बरी बनाउने गुरुमन्त्र सिकाउँछ ।

मेरो टोलको खबर

  • by

हिजो आज,
मेरो टोलको नाइट ड्युटी परेको छ
डे ड्युटीमात्र गर्ने बानी,
सुत्न सक्दैन दिउँसो
चैते हुरीसँग मन बत्तिन्छ
तुवाँलो आकाशको,
कहिले फाट्ला भन्दै
हाई काड्दै पर्खिबस्छ
अनि, समसाँझै उङ्न थाल्छ ।