कल्पना बान्तवा
एउटा घमाइलो मध्याह्न
जिन्दगानीसँग छुटाउनै नमिल्ने दुःखसुख जत्तिकै अन्योन्यासि्रत लाग्छन्, अम्बर गुरुङका कालजयी संगीतकर्महरू । तिनले भित्रैसम्म छुन्छन् र निरन्तर छोइरहन्छन् । उनका गीतसंगीतले कहिले ‘ए कान्छा, मलाई सुनको तारा खसाईदेउ न…’ भनुँ-भनुँ पार्छ, कहिले ‘रातो र चन्द्र सूर्य’ गाइरहँदा दबिएको देशप्रेम सुषुप्त ज्वालामुखीझैं मनको सतहमा विस्फोट हुन्छ त कहिले ‘प्रश्नलाई पनि प्रश्न छ’ मेरो भनेर भोगाइको गुढ रहस्यमा अल्झाएर रनभुल्लमा पार्छ । कहिले ‘सम्हालेर राख, सँगालेर राख’ भन्दै छोटो जीवनको बेफुर्सदीमा मायालाई अजम्बरी बनाउने गुरुमन्त्र सिकाउँछ ।
