Skip to content

पुरूषोत्तम बस्नेत

ऊभित्रको मान्छे

  • by

केही दिनदेखि त्यस क्षेत्रमा लडाईंको सम्भावना अझ बढेको थियो । दुवैतिरको सैनिकहरू त्यहाँ आफ्नोआफ्नो सिमाना नजिकै निकै सतर्कतापूर्वक तैनाथ थिए । एक दिन बिहानै यतापट्टकिा सैनिक क्याम्पका सबैलाई तुरुन्त तयार हुने आदेश दिइयो । तिनीहरू जुनजुन काममा व्यस्त थिए, ती सबै कामलाई छोडेर सबै हतारहतार तयार हुन थाले ।

महाकवि देवकोटाको शतबाषिर्की मनाउने जिम्मा राज्यको हो

  • by

नेपालका अधिनायक शासकहरूले यहाँका स्रष्टाहरूप्रति देखाएको व्यवहार, स्रष्टाहरूप्रतिको कठोरता, असहिष्णुता आदिका अनेक उदाहरणहरू हाम्रा अगाडि छन् । मकैको खेती लेखेबापत कृष्णलाल अधिकारीले जेलमै प्राण विसर्जन गर्नु परेको थियो । धरणीधर कोइराला र सूर्यविक्रम ज्ञवालीले लामो अवधिसम्म निर्वासित भएर रहनु परेको थियो । सोमनाथ सिग्देल, शम्भुप्रसाद ढुङ्गेल, बाबुराम आचार्य, चित्तधर हृदय, चक्रपाणी चालिसेदेखि यता आएर स्रष्टा दमनको लामो शृङ्खलाले लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, चन्द्रमान मास्केसम्म पुगेर कठोर निरङ्कुशताको अरू अनेक नमुनाहरू प्रस्तुत गरेको थियो ।

महाकविको योगदान र समको कविता

  • by

महाकवि लक्ष्मीप्रसाद देवकोटालाई नेपाली समाजले एक महान् स्रष्टा एवं एक सिर्जनशील व्यक्तित्वको रूपमा सधैँ सम्मान गरिरहने छ । नेपाली साहित्यिक आन्दोलनका एक प्रणेताको रूपमा सधैँ सम्भ्िfmरहने छ । उहाँ आफूसित एउटा सशक्त कम्पन र एउटा नयाँ हलचल लिएर आउनु भएको थियो । त्यसले नेपाली साहित्य, नेपाली भाषा र संस्कृतिमा नयाँ गति प्रदान गर्‍यो । उहाँको पद्य र गद्य रचनाहरूको भावभूमि, शैली र विचार- यी सबैले नेपाली साहित्यलाई नयाँ युगमा प्रवेश गरायो ।