विनोद दाहाल 'वत्स'
विवाह संस्कारमा प्रकृति र संस्कृति
विवाहलाई एउटा सम्झौताका रूपमा लिइन्छ । एउटी स्त्री र एउटी पुरुषले सँगै जीवनयापनका निम्ति आपसी सम्झौता गरेका हुन् भन्ने अर्कामा विवाहलाई हेरिन्छ । अहिले केही व्यक्तिलाई तोकिएअनुसार साक्षी राखेर दर्ता विवाह गर्न सकिने कानुनी व्यवस्था पनि छ । मनुस्मृतिले विवाहलाई दुई आत्माबीचको पवित्र मिलन भनेको छ । आफूले चाहेर मात्र नहुने विवाहका लागि सूर्य भगवान्ले नै तोकिदिएको हुने कुरा उक्त स्मृतिमा चर्चा छ ।
