Skip to content

गीता पन्थ

उघ्रेको आकाश

  • by

छोरी पिकनिक र छोरा साथीहरूसँग स्वीमिङ्ग गएका थिए अनि श्रीमान् कलेजको मिटिङ्गमा। घरमा सघाउने नानी लुगा धुँदै थिई। टिभी हेर्न बत्ती थिएन।

मर्निङवाक

  • by

निद्रा राम्रोसँग नलागेर धेरै दिनदेखि भारी महसुस भइरहेको थियो । खानामा पनि रूचि घट्दै गएपछि एकदिन डाक्टरकहाँ जाँदा “साँझ बिहान हिँड्नुस्, पानी पिउनुस्, सोचाइ कम गर्नुस् । औषधि खाइहाल्ने बानी राम्रो होइन, फेरि औषधिले रोग निको पारिहाल्छ भन्ने पनि छैन, एक महिना लगातार दुवै समय हिँड्नुस् त्यसपछि पनि सुधार नभए आउनुस् भनेपछि म औषधि बिना घर फर्किएँ । काम काम मात्र जहिले पनि, सधैं व्यस्त । समय निकालेर त्यसरी हिँड्न कहाँ पाउनु ? फेरि यो धूँवा धूलोको सहर, अव्यवस्थित बसोबास, जताततै फालिएका फोहोरका पहाड, कहाँ हिँड्नु कामको तनाव र अरू अन्य केही कारणहरूले विगत केही महिनादेखि राम्रोसँग निद्रा लागिरहेकेा छैन ।

बिलयन

  • by

आफैँसँग चोरेर जिन्दगीको एउटा पाटो
उन्मुक्त भएर बाँच्ने मन थियो
रहरहरूका अनन्त आकाशमाथि
निरुद्देश्य हराउने मन थियो
जुनेलीको उज्यालोमा आफैँसँग
जुनीजुनीको दुःख बिसाउनु थियो ।