आफैँसँग चोरेर जिन्दगीको एउटा पाटो
उन्मुक्त भएर बाँच्ने मन थियो
रहरहरूका अनन्त आकाशमाथि
निरुद्देश्य हराउने मन थियो
जुनेलीको उज्यालोमा आफैँसँग
जुनीजुनीको दुःख बिसाउनु थियो ।
फूल रुझ्दाका क्षण वषर्ात्हरूमा
आँखा चिम्लेर मन भिजाउनु थियो
कोमल संवेगका खातिर आफैँसँग
एक्लो साँझमा हराउनु थियो
पढ्नु थियो, सुमसुम्याउनु थियो
आफूभित्र आफू मात्र हुनु थियो
बुई चढेर आफ्नै स्वप्निल सपनाहरूको
जिन्दगीको भर्‍याङ चढ्नु थियो
क्षत-विक्षत हुँदा आफ्नै रहर
अलिकति साहस छर्कनु थियो
बेग्लै भएर बाँच्नु थियो
जिन्दगीसँग मितेरी गाँस्नु थियो
उदाङ्ग लाग्छन्, व्यर्थ लाग्छन्
आफूसँगै आफ्नै रहर रिसाउँछन्
बाँच्नुको नाममा बेअर्थ के गरियो
प्रत्येक भोगाई शून्य लाग्छन्
मृगतृष्णा भित्रै अझै अल्झिइरहन्छ
जिन्दगीका सबै कुरा सारहीन लाग्छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *