नारी मनको अन्तर्द्वन्द्व, कुण्ठा र सँवेगात्मक अनुभूतिलाई उपन्यासमा तिव्रतर अभिव्यक्ति दिने सर्जक गोविन्दबहादुर मल्ल मानिन्छन् । उनी स्व. कवि वीरबहादुर मल्लका नाति, ‘शारदा’ पत्रिकाका सम्पादक ऋद्धिबहादुर मल्लका छोरा हुन् ।
गोविन्द दाइ, तपाईँले नेपाली कथा साहित्यलाई मनोवैज्ञानिक रूप प्रदान गर्ने काम निकै सहज ढङ्गले सम्पन्न गर्नु भएको सन्दर्भ समालोचकहरूले राम्ररी अगि सारेका छन् ।
गोविन्दबहादुर मल्ल ‘गोठाले’ नेपाली वाङ्मयका एक शिखर पुरुषको नाम हो । उनको योगदान नेपाली साहित्यमा मात्र हैन नेपालभाषामा पनि रहेको पाइन्छ । हुन त गोठालेको दुवै भाषामा लेखन हुनु कुनै आश्चर्यको कुरा छैन ।
नेपाली भाषा साहित्यका अनन्य सेवी सुप्रसिद्ध साहित्यकार ऋद्धिबहादुर मल्ल र उनकी पत्नी आनन्दकुमारीका ज्येष्ठ सुपुत्र गोविन्दबहादुर मल्लको जन्म वि.सं. १९७९ असार २७ गते काठमाडौँको पाको पोखल्ड्याङ्गमा भएको थियो । विजयबहादुर फत्तेबहादुर र हिक्मतबहादुर, उनका भाइहरू हुन् भने शान्ति मल्ल उनकी बहिनी हुन् ।
मैले गोरखापत्र सँस्थानबाट प्रकाशित हुने साहित्यिक पत्रिका ‘मधुपर्क’ को संवत् २०६७ भदौ अङ्कको निम्ति ‘भस्मी भूतस्य देहस्य पुनरागमनम् कुत’ भन्ने शीर्षकमा र नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने त्रैमासिक साहित्यिक पत्रिका ‘समकालीन साहित्य’ को साउन, भदौ र असोज २०६७ को अङ्क (अथवा पूर्णाङ्क ६१)