www.palans-sanjiwani.blogspot.com
शान्तिका सपनाहरु !
माटोले बलात्कार भोगिरहेको यो बेला
बुद्धहरु सम्बोधिमा हराईरहेको यो बेला
एक हुल ब्वाँसाहरु
मडागास्कर नाघिसकेको छ !
न्रिशंस हत्या गरिएका
कान्छा मानहरुको रगतले
बस्तिहरु रङ्गिएका छन् !
त्यसैले,
सडक मा कालरात्री बिछ्याएको छ
र त्यही सडक मा
गन्तब्यहिन् यात्रा बोकेर -दौदिरहेकी छि न्
आफ्नी प्रियतमको एक झुत्तो प्रेम पत्र बोकेर
हृदयमा -शान्तिका एक हुल परेवा हरु उडाउदै !
समय-बिडम्बना!
धेरै बितिसकेको छ
उनको हाँसोमा हिमाल खुल्दैन
उनको शिरमा सुनगाभा र लाली गुराँस फुल्दैन
चमेली र तिउरियाँ फुल्दैन
बसेको छ उनको सिउँदो माथि बारुदी हिमपात
बगेको छ उनको आँखा भरी मादी र सेती
बखते दमाई र पन्डित बाजे
बखते दमाई
थुकमा धागो चोबल्छन्
र हातले खिपेर
सियोमा घुसार्छन् ।
बखते दमाई
थुकमा चोबलेर
सियोमा अल्झाईएको धागोले
बुट्टेदार कोट र भादगाउँले टोपी सिउँछन्
घरबुनाको दौरा र सुरुवाल सिउँछन्
जनै धारण टुप्पीदार-पन्डित बाजेका लागि ।
पन्डित बाजे
बखते दमाईले सिलाएको
बुट्टेदार कोट र भादगाउँले टोपी लगाएर
घरबुनाको दौरा र सुरुवाल लगाएर
महायज्ञमा कोटी होम हाल्छन्
र सिद्दा उठाएर पेट पाल्छन् ।
पन्डित बाजे
बखते दमाईले सिलाएको
बुट्टेदार कोट र भादगाउँले टोपी लगाउँदा
आफुलाई गर्व गर्छन्,
घरबुनाको दौरा र सुरुवाल लगाउँदा
घमण्ड गर्छन्
तर बखते दमाई लाई छोएमा
आउनु नी यतै
झ्याल बाट हेर्नु भन्दा आउनु नी यतै ।
सँगै बसी मनको गीत गाउनु नी यतै ।
कत्ती राम्रो सुन्तलीको फूल फूल्या हेर,
टप्प टिपी माला गाँसी लगाउनु नी यतै ।
प्यासी आँखा डुलाएर कत्ती बस्नी होला ?
प्यास मेट्ने भ ए देखी धाउनु नी यतै ।
लाली जोवान ढल्केपछी पछुताउनु पर्ला,
सम्हाल्दिन्छु थोरै दु:ख पाउनु नि यतै ।
सँगै हाँसी, सँगै खेली सँगै-सँगै बसी,
पिरतीको रातो गुलाफ सजाउनु नि यतै ।
(असार १२ गते २०६४,पोखरा)

दुखिरहेछ