Skip to content


सातै जुनी नभए नि तिम्रो सिउँदो भर्न देऊ !
जवानी त्यो अङ्गभरि एउटा रङ्ग छर्न देऊ !

तिम्रो दिलको फूलबारीमा धेरै फूल भए पनि
धेरै बेर्ना होइन मेरो एक कलमी सर्न देऊ !

हावा सरी नबनुँ म सारा शरीर सुम्सुम्याउने
तिम्रो अङग-अङगमा केबल एक स्पर्श पर्न देऊ !

चोखो जल नबनुँ म तिम्रो मन मन्दिरको
छानोबाट बलेसीको पानी बनी झर्न देऊ !

अर्को जुनी जे त होला एक्लो यात्री बने पनि
यो जुनी चाहिं तिम्रै मनको शिविरभित्र टर्न देऊ !

(२०६० मा नमुना साहित्य समुह, पृथ्वी नारायण क्याम्पस पोखराद्वारा आयोजित खुला गजल प्रतियोगितामा दोस्रो हुन सफल गजल )

Leave a Reply

Your email address will not be published. Required fields are marked *