Skip to content


पागलहरू !
खाली लिफाफा हातमा बोकी हिंड्छन्
खाली लिफाफा छातीमा च्यापी हिंड्छन्
केबल,
आफ्नी प्रेमिकाको प्रेमपत्र ठानेर
आफ्नी प्रेयसीको सम्झना पत्र ठानेर
तर, पागलहरू
आफ्नी प्रेमिकाको प्रेमपत्र र शोकपत्र चिन्दैनन्
आफ्नी प्रेयसीको सम्झनापत्र र बिछोड पत्र चिन्दैनन्
किनकि ! पागलहरू
आत्महत्या गरेकी आफ्नी प्रेमिकाको शोकमा
पागल भएको छ !
आफ्नी प्रेयसीसँगको विछोडमा
बहुलाएको छ !
पागलहरू !
हातमा खाली लिफाफा बोकी हिंड्छन्
छात्तिमा खाली लिफाफा च्यापी हिंड्छन्
केबल,
आफ्नी प्रेमिकाको प्रेमपत्र ठानेर !
आफ्नी प्रेयसीको सम्झना पत्र ठानेर !!

(कार्तिक २६, २०६६)

Leave a Reply

Your email address will not be published. Required fields are marked *