Skip to content

self creation

मुक्तक-बेकार धेरै नसोच्नु

बेकार धेरै नसोच्नु बुढापाकाहरु भन्थे ।।
त्यसै जोरी नखोज्नु बुढापाकाहरु भन्थे ।।

जिन्दगी गए जाओस, दिएको कसम
कहिल्यौ नतोड्नु बुढापाकाहरु भन्थे ।।
राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप
www.chisapaninepal.blogspot.com/

मायाँको उस्ले

मायाँको उस्ले हिसाब राखेको रहेछ ।।
अनुहार माथि नकाब राखेको रहेछ ।।

के था पापि मन होला भनेर मलाई
सुरुदेखिनै मन खराव राखेको रहेछ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
www.chisapaninepal.blogspot.com/

मस्त लाग्ने नसा नभए

मस्त लाग्ने नसा नभए प्यूनुको के मज्जा ।।
चुर्लुम्म भै नडुबे प्रेममा ज्यूनुको के मज्जा ।।

कस्को हुन्न पिर ब्यथा कथा आफ्नो आफ्नै
लथालिङ्गभै नउद्रे जिन्दगी स्यूनको के मज्जा ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
http://chisapaninepal.blogspot.com/

कविता- जिन्दावाद र… मुर्दाबादका नाराहरु,

जिन्दावाद र…
मुर्दाबादका नाराहरु,
सुन्दा सुन्दा म वाक्क भैसकेँ
ए कोहि सुनाउन बुद्ध वाणीहरु

ति पक्कै भाग्यामानिहरु हुन्
जस्ले देशको लागि मरेर गए
जस्ले क्रान्तिमा आहुति दिए
समानताको लागि
मुक्तिको लागि देशको लागि
तर देश फेरीएन
बरु फेरी यि ब्वाँसाहरु सिर उठाउँदैछन्
जिन्दावाद र….
मुर्दाबादका नाराहरु,
सुन्दा सुन्दा म वाक्क भैसकेँ
ए कोहि सुनाउन बुद्ध वाणीहरु

आहा त्यो कुर्सि
मेरै हो केवल मेरै
छोड्दिँन …
त्यो प्राण हो
मेरो ज्यान हो
देश भन्दा पनि बढी
भन्दै उफ्न्छि यहाँ झारहरु
शिर उठाउँदैछन् गद्धारहरु
चर्काउँदै थर्काउँदै
जिन्दावाद र…
मुर्दाबादका नाराहरु,

गजल- उ ज्यूदै मरेछ कठै विचरा

उ ज्यूदै मरेछ कठै विचरा ।।
फन्दामा परेछ कठै विचरा ।।

आफन्त ठानेको मान्छेलेनै
घात पो गरेछ कठै विचरा ।।

केहि दिन टाढा हुँदा बसाई
प्रेमीका सरेछ कठै विचरा ।।

उस्कै लागि विदेसिँदा आज
सिउँदो भरेछ कठै विचरा ।।

उस्को बाटै भरि भाग्यले
काडाँ छरेछ कठै विचरा ।।

कोपिलामै पिरतिको फूल
भुइमा झरेछ कठै विचरा ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
http://chisapaninepal.blogspot.com/

नून हामीहरु

नून हामीहरु
मुकुन्दप्रसाद भट्टराई
समय सुन बनिरहेको बेला
मूल्यहिनताको तराजुमा तौलिएर
बेचिने नून हामीहरु
खोजिरहन्छौँ मानव मूल्य
हेरिरहन्छौँ आफैलाई
किनिरहन्छन् उनीहरु
बेचिइरहन्छौँ हामीहरु
पाउ पुग्न नसक्ने नून हामीहरु ।
सस्तो साह्रै सस्तो मूल्य
बढाबढ छैन कतै
मूल्यहीन हामी नूनहरु
उसका हरेक परिकारमा रमाउने नून
देिखंदा सम्मको हाम्रो अस्तित्व
जिब्रो ट्वाक्क पार्छन् उनीहरु
मर मसलालाई जस दिएर
तारिफ गर्छन् खुसा्रनीका
तरकारीको स्वादमा हराउने हामीहरु
अचारको स्वादमा विलाउने हामीहरु
त्यही हो हाम्रो जीवन मूल्य
त्यही हो हाम्रो जीवन अस्तित्व
समय सुन बनिरहेको बेला

मनैदेखि शान्ति दीप बालुं भने सकिन्छ नि

गजल

– मुकुन्दप्रसाद भट्टराई
मनका सबै रिस राग फालुं भने सकिन्छ नि
मनैदेखि शान्ति दीप बालुं भने सकिन्छ नि
प्रतिज्ञा त गर्नुपर्छ खिचातानी हुने छैन
संविधान लेख्न छिटै थालुं भने सकिन्छ नि
एउटै हाम्री नेपाल आमा सन्तति हौं हामी सबै
धुजा धुजा मन उनको टालुं भने सकिन्छ नि
भाइफुटे गवार लुटे भएको छ नेपालमा
सबै मिली सिमातिर भालुं भने सकिन्छ िन
दाजुभाइले विदेशमा सिकेका ती प्रविधिलाई
नेपालकै उन्नतीमा हालुं भने सकिन्छ नि
लड्ने अनि लडाउने दुष्टात्मालाई हटाएर
मनै भरी पुण्यात्मालाई पालुं भने सकिन्छ नि
मुकुन्दको मात्र हैन नेपालीको चाहना यो
मिलिजुली एउटै कदम चालुं भने सकिन्छ नि ।