Skip to content

मुकुन्दप्रसाद भट्टराई

MukundaPrasadBhattarai

संघर्ष

संघर्ष त सधैं एक्लै गर्नु पर्छ भाइ
सफलतामा अरुबाट साथ मिल्नलाई
कठिन यो संघर्षले गर्ला हाम्रो हित
जति कठिन संघर्ष यो उति राम्रो जीत

जीवनको रहस्य

मानिसको जिन्दगी रहस्यपूर्ण छ । जसले यो जिन्दगीको रहस्यलाई हृदयदेखि नै चिन्न सके र बदल्न सके उनीहरूले आफ्नो जिन्दगीलाई रोशन गर्न सके । हाम्रो जिन्दगीमा जस्तोसुकै परिस्थिति आओस् त्यसलाई हामीले नै आफ्नो जीवनमा आकर्षित गरेका हुन्छौं । त्यो चित्रद्वारा हामीतर्फ आकर्षित भएको हुन्छ । त्यो चीज हाम्रो मस्तिष्कमा रहिरहेको हुन्छ र त्यही प्रकट भएर आउँछ । हाम्रो मस्तिष्कमा जे सोंच आउँछ त्यसलाई अरु कसैले नभएर आफैले आफूतर्फ आकर्षित गरिरहेका हुन्छौं । जुन कुरालाई कुशल विचारकले यसरी व्यक्त गरेका छन् – “तपाईंको हरेक विचार एउटा वास्तविक बस्तु हो । एउटा शक्ति हो ।” -प्रेटिस मलफोर्ड ।

युद्धबाट बुद्ध फिर्ने खोक्रो आश ठान्छ किन ?

विश्वभरमा युद्वलाई ठूलो बजेट जान्छ किन ?
सरकार नि गरिबीलाई तथानाम हान्छ किन ?

औषधी र वस्त्र छैन शिक्षा स्वास्थ्य परै भयो
गरिबको रोजी-रोटी सामन्तले लान्छ किन ?

नून हामीहरु

नून हामीहरु
मुकुन्दप्रसाद भट्टराई
समय सुन बनिरहेको बेला
मूल्यहिनताको तराजुमा तौलिएर
बेचिने नून हामीहरु
खोजिरहन्छौँ मानव मूल्य
हेरिरहन्छौँ आफैलाई
किनिरहन्छन् उनीहरु
बेचिइरहन्छौँ हामीहरु
पाउ पुग्न नसक्ने नून हामीहरु ।
सस्तो साह्रै सस्तो मूल्य
बढाबढ छैन कतै
मूल्यहीन हामी नूनहरु
उसका हरेक परिकारमा रमाउने नून
देिखंदा सम्मको हाम्रो अस्तित्व
जिब्रो ट्वाक्क पार्छन् उनीहरु
मर मसलालाई जस दिएर
तारिफ गर्छन् खुसा्रनीका
तरकारीको स्वादमा हराउने हामीहरु
अचारको स्वादमा विलाउने हामीहरु
त्यही हो हाम्रो जीवन मूल्य
त्यही हो हाम्रो जीवन अस्तित्व
समय सुन बनिरहेको बेला

वर्गमित्रको पक्षमा

हो तिनै हुन् वर्गमित्र
हो तिनै हुन् असल मित्र
रगतलाई पसिना बनाएर छाक टार्नेहरू
फाटेको टालेको कमसल लुगा लगाउनेहरू
हिलो र माटोसँग नाता गाँस्नेहरू
कठोर परिश्रममा पनि हाँस्नेहरू

चाल पाएँ

साहुजी साहुजी भन्दै थिएँ कड्किएको चाल पाएँ
मेरै ज्यानमा टेकी उनी फड्किएको चाल पाएँ ।

मेरो श्रम पसिनाले तागत उनलाई दिइरह्यो
शोषणले आफ्नै ढाड सड्किएको चाल पाएँ ।

मखमली माला – उनेको थिइन

घात हुन्छ भन्ने – सुनेको थिइन
यात्रामा अरु नै – चुनेको थिइन ।

मन च्यातिएको – खै के ले टालुँ
फाटेको मनलाई – तुनेको थिइन ।

मनैदेखि शान्ति दीप बालुं भने सकिन्छ नि

गजल

– मुकुन्दप्रसाद भट्टराई
मनका सबै रिस राग फालुं भने सकिन्छ नि
मनैदेखि शान्ति दीप बालुं भने सकिन्छ नि
प्रतिज्ञा त गर्नुपर्छ खिचातानी हुने छैन
संविधान लेख्न छिटै थालुं भने सकिन्छ नि
एउटै हाम्री नेपाल आमा सन्तति हौं हामी सबै
धुजा धुजा मन उनको टालुं भने सकिन्छ नि
भाइफुटे गवार लुटे भएको छ नेपालमा
सबै मिली सिमातिर भालुं भने सकिन्छ िन
दाजुभाइले विदेशमा सिकेका ती प्रविधिलाई
नेपालकै उन्नतीमा हालुं भने सकिन्छ नि
लड्ने अनि लडाउने दुष्टात्मालाई हटाएर
मनै भरी पुण्यात्मालाई पालुं भने सकिन्छ नि
मुकुन्दको मात्र हैन नेपालीको चाहना यो
मिलिजुली एउटै कदम चालुं भने सकिन्छ नि ।

20111121_MukundaPrasadBhattarai_Article

साहित्यकार रामप्रसाद प्रदीपको व्यक्तित्वको अध्ययन

मानिसको शारीरिक बनोट, काम गर्ने बानी, भित्री स्वभाव र उसले समाजलाई दिएका योगदानका आधारमा उसको व्यक्तित्वको निर्माण भएको हुन्छ । व्यक्तिको व्यक्तित्वलाई मुख्यतया आन्तरिक व्यक्तित्व र बाह्य व्यक्तित्वमा वर्गीकरण गर्ने चलन पनि छ । प्रदीपले सङ्घर्षशील भई साहित्यिक क्षेत्रमा गरेका विधागत योगदान र उनको शारीरिक बनोटलाई समग्रमा यसरी चिनाउन सकिन्छ ।