Skip to content

नून हामीहरु
मुकुन्दप्रसाद भट्टराई
समय सुन बनिरहेको बेला
मूल्यहिनताको तराजुमा तौलिएर
बेचिने नून हामीहरु
खोजिरहन्छौँ मानव मूल्य
हेरिरहन्छौँ आफैलाई
किनिरहन्छन् उनीहरु
बेचिइरहन्छौँ हामीहरु
पाउ पुग्न नसक्ने नून हामीहरु ।
सस्तो साह्रै सस्तो मूल्य
बढाबढ छैन कतै
मूल्यहीन हामी नूनहरु
उसका हरेक परिकारमा रमाउने नून
देिखंदा सम्मको हाम्रो अस्तित्व
जिब्रो ट्वाक्क पार्छन् उनीहरु
मर मसलालाई जस दिएर
तारिफ गर्छन् खुसा्रनीका
तरकारीको स्वादमा हराउने हामीहरु
अचारको स्वादमा विलाउने हामीहरु
त्यही हो हाम्रो जीवन मूल्य
त्यही हो हाम्रो जीवन अस्तित्व
समय सुन बनिरहेको बेला
गिराइएका नूनहरु
पाताल पुर् याइएको नूनहरु
थिचिएको मूल्य थाप्लोमा बोकेर
लतारिन्छौ समयसँगै
पछारिन्छौँ समयसँगै
सपनाको शहर महलले च्यापिएर
नहरमा मूल्य खोज्छौँ हामीहरु
बहरमा अस्तित्व खोज्छौँ हामीहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *