Skip to content

www.gajalsansaar.blogspot.com

लुगाजस्तै फेरिने तिम्रो

लुगाजस्तै फेरिने तिम्रो , सम्बन्धको पात्र भा छु ।
केहि दिनत सँगै रमाएँ , अनिफेरि थन्किरा छु ।

लगाउँछै कि तिमिले भनि , तिमिलाई नै तिमिलाई नै पर्खिरहेँ ।
धमिरा पो टोक्क आयो ,अनित मा टाढा गएँ ।

सुगन्ध नि छर्थयै पहिले , अहिले त खै कहाँ गयो ।
फेरि पनि छर्न अउँछै , यहि एउटा आशा रह्यो ।

सुगन्ध नि छर्थयै पहिले , अहिले त खै कहाँ गयो ।
फेरि पनि छर्न अउँछै , यहि एउटा आशा रह्यो ।

किन दुखी बाबु भनी, कस्ले मलाई सोध्ला ?

कस्ले खान दिन्छ होला, कस्ले लाउन देला ?
यही आस लिई हिँड्यो, भिर्यो धोक्रे झोला

राम्रै काम गर्ने हो नि, किन हुन्छ हेँला ?
टिपे पनि आखिर हो, त्यही फाटेको झोला

कुन पापीको नासो म त, पापी कहाँ होला ?
दु:खले नै छोपिएको, जिन्दगीको चोला

जति भुल्न खोजे पनि ।।।।

जति भुल्न खोजे पनि , तिमिलाई भुल्न सकिन म ।
मनले छल्न खोजे पनि , आँखा ढाल्न सकिन म ।

सिरानिको साहाराले , टाढा हुन सकिन म ।
तर चत्त दुखेको छ , तिमिमा घुल्न सकिन म ।
तिमिमा घुल्न सकिन म ।

कल्पनामा रात बित्यो

कल्पनामा रात बित्यो ,
हरपल तिम्रो यादमा ।

सम्झनामा आँसु झर्यो ,
हुने तिम्रौ साथमा ।

सपना त्यो रंगाऊने ,
सिम्रिकले सिऊदो तिम्रो ।

आशा थियो पाऊने ,
हरपल हरपल साथ तिम्रो ।
हरपल हरपल साथ तिम्रो ।