Skip to content

किन दुखी बाबु भनी, कस्ले मलाई सोध्ला ?


कस्ले खान दिन्छ होला, कस्ले लाउन देला ?
यही आस लिई हिँड्यो, भिर्यो धोक्रे झोला

राम्रै काम गर्ने हो नि, किन हुन्छ हेँला ?
टिपे पनि आखिर हो, त्यही फाटेको झोला

कुन पापीको नासो म त, पापी कहाँ होला ?
दु:खले नै छोपिएको, जिन्दगीको चोला

आधा पेट भर्नलाई नै, याति दु:ख झेल्या’
मर्नु हुन्न भनेर, जिन्दगीसँग खेल्या’

खै कहिलेदेखि हो खै, दोबाटोमा भुल्या’
उभ्भिन नि नसक्ने भै, तलतिर झुल्या’

म त खाते हूँ है हजुर, समाजले पेल्या’
जीवनमा सँधैभरि, यही धिक्रो लिई डुल्या’

मेरो मनको भावनालाई, कस्ले पो खै बुझ्ला ?
किन दुखी बाबु भनी, कस्ले मलाई सोध्ला ?

मेरो मनको भावनालाई, कस्ले पो खै बुझ्ला ?
किन दुखी बाबु भनी, कस्ले मलाई सोध्ला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *