Skip to content

RIWAJ GHIMIRE

सरकार, खै त संविधान ?

धेरै गरे जनताले, जनतकै गुम्यो ज्यान
निरङ्कुश शत्ता बिरुद्द, जनताको बलिदान
खै त संविधान ? सरकार, खै त संविधान ?
धेरैभो सरकार अब जनता जाग्दै छन्

रगतको खोली बग्यो, बिधुवा रुँदै छन,
देशको लागि छोरो मर्यो, आमा त ज्युँदै छन,
खै त संविधान ? सरकार, खै त संविधान ?
धेरैभो सरकार अब जनता जाग्दै छन्

RiwajGhimire

सहिद !

कोटि कोटि सलाम सहिदलाई मेरो, पुरा होस सपना सहिदको यो देशको !
दिउन दिव्य दृष्टि सहिदले सबमा बिचारले परिवर्तन ल्याओस जगतमा !
बन्न नपरोस कु-नेताका बार्षिक मालाका पात्र वीर सहिदहरूले कहिले !
यो देशले अब बुझ्न सकोस सहिदको सच्चा देश भक्ति र रगत जहिले !

देशका नेताहरू परिवर्तित होउन सहिदका सपना सरि सधैभरि
अमर सहिदको सिद्दान्त बोकुन नहोउन बिदेशिको गुलाम फेरि
१८औ शताब्दीको बिदेशि सिद्दान्त नझुन्डियोस भित्ताहरूमा
गंगालाल, गणेशमान, सुक्रराज र दशरथ बसुन हरेक नेपालीको मनमा

मेरो love story……

आज मलाई एउटा love story ok katha lekhna मन लाग्यो ,मेरो love story……..
मेरो पहोलो मायाको कथा। अनि मेरो बल्यकालको चन्चले स्वभबको भवना पनि ।

म class 7 मा पढ्दै थिएँ, मेरो दुई जाना साथिको पनि मेरो यो कथाको जस्तै love परेको थियो…..
तेहि देखेर होला म पनि प्रभाबित भएको थएँ, मनमा म पनि love गर्नु पर्यो भन्ने खल्दुलि भयो । कस्लाइ i love you bhanum??? यो kura umm.. sayed tyo samjhana लाइ भन्नु पर्ला,( meri milne kt sathe thee tyo) यहि सोचेँ र मेरो साथिहरुलाई पनि भने, झन मलाइ त हुन्छ हुन्छ भन् भन्ने कति कति अनि त ,

लुगाजस्तै फेरिने तिम्रो

लुगाजस्तै फेरिने तिम्रो , सम्बन्धको पात्र भा छु ।
केहि दिनत सँगै रमाएँ , अनिफेरि थन्किरा छु ।

लगाउँछै कि तिमिले भनि , तिमिलाई नै तिमिलाई नै पर्खिरहेँ ।
धमिरा पो टोक्क आयो ,अनित मा टाढा गएँ ।

सुगन्ध नि छर्थयै पहिले , अहिले त खै कहाँ गयो ।
फेरि पनि छर्न अउँछै , यहि एउटा आशा रह्यो ।

सुगन्ध नि छर्थयै पहिले , अहिले त खै कहाँ गयो ।
फेरि पनि छर्न अउँछै , यहि एउटा आशा रह्यो ।

किन दुखी बाबु भनी, कस्ले मलाई सोध्ला ?

कस्ले खान दिन्छ होला, कस्ले लाउन देला ?
यही आस लिई हिँड्यो, भिर्यो धोक्रे झोला

राम्रै काम गर्ने हो नि, किन हुन्छ हेँला ?
टिपे पनि आखिर हो, त्यही फाटेको झोला

कुन पापीको नासो म त, पापी कहाँ होला ?
दु:खले नै छोपिएको, जिन्दगीको चोला

जति भुल्न खोजे पनि ।।।।

जति भुल्न खोजे पनि , तिमिलाई भुल्न सकिन म ।
मनले छल्न खोजे पनि , आँखा ढाल्न सकिन म ।

सिरानिको साहाराले , टाढा हुन सकिन म ।
तर चत्त दुखेको छ , तिमिमा घुल्न सकिन म ।
तिमिमा घुल्न सकिन म ।

कल्पनामा रात बित्यो

कल्पनामा रात बित्यो ,
हरपल तिम्रो यादमा ।

सम्झनामा आँसु झर्यो ,
हुने तिम्रौ साथमा ।

सपना त्यो रंगाऊने ,
सिम्रिकले सिऊदो तिम्रो ।

आशा थियो पाऊने ,
हरपल हरपल साथ तिम्रो ।
हरपल हरपल साथ तिम्रो ।

सम्झना

सम्झना त अजै आउँछ ,
तिमिले छाडि गएपनि ।

तिम्रो यादले सताऊँछ,
तिमि यहाँ नभएपनि ।

आशा ठुलो देखायौ है,
आखिर छाडि गईदियौ ।

जति साथ दिएपनि ,
पराई तिमि भईदियौ।

पराई तिमि भईदियौ।

This poem is composed by riwaj ghimire
www.facebook.com/ghimireriwaj

कहाँ छर खुसि साथि !

कहाँ छर खुसि साथी ,
जिवनमा मेरो पनि ।

हाँसिराछु अझै म त ,
रुन हुन्न भनि जानि ।

फक्रिएर ओईलाको ,
फुल जस्तै भा छु म त ।

आँखाभरि आँसुलिई ,
अझै हाँसि रा छु म त ।

हरियालि बिच ऊजाड भई ,
खोक्रिएको छु है म त ।

जिन्दगिको दोबाटोमा ,
दोब्रिएको छु है म त ।
दोब्रिएको छु है म त ।

कहाँ छर खुसि साथी ,
जिवनमा मेरो पनि ।

हाँसिराछु अझै म त ,
रुन हुन्न भनि जानि ।

एक बिनिता ( भ्रम )

बादल बनी आएकी थियै, बर्षा बनी गइदियौ ।
तिमीलाई सँच्न चिसो बनेँ, हिउँ तिमी भइदियौ ।

बादल बनी आएकी थियै, बर्षा बनी गइदियौ ।
तिमीलाई सँच्न चिसो बनेँ, हिउँ तिमी भइदियौ ।

आँगनी त चिसो पर्यो, अरु कहीँ भिजेन खै ।
फर्कने छै आसा थियो, तर तिमी आएनौ है ।

सम्झनाको पर्खाइमा, बिछोसको पीडा दियौ ।
तिमी त खै के भयो, मलाई भने रुवाई दियौ ।
मलाई भने रुवाई दियौ ।