Skip to content

लघुकथा कुनो

बिहेको प्रस्ताव (लघुकथा)

“आज त पक्का भन्छु,” परबाट आउँदै गरेकी नीलिमालाई हेर्दै दृढ भयो विवेक ।

विवेक र नीलिमा दुवै बाल्यकालदेखिका साथी थिए । गाउँको निजी विद्यालयमा प्रवेशिका परीक्षादेखि सदरमुकामको उच्च माध्यमिक विद्यालयको विज्ञान सङ्कायमा कक्षा १२ सम्मको यात्रा सँगै तय गरे उनीहरूले । त्यसपछि नीलिमा इन्जिनियरिङ कलेज पढ्न राजधानी तिर लागी र विवेक रामपुर कृषि विज्ञान तर्फ लाग्यो ।

अध्ययनको सिलसिलामा एक अर्कासँग टाढा भए पनि विवेकले नीलिमालाई कहिल्यै टाढा मानेन । दशै तथा जाडोको छुट्टीमा उनीहरू फेरी नजिक हुन्थे । स्नातक तह पनि दुवैले पुरा गरिसकेका थिए र दुवै अब स्नातकोत्तरको तयारीमा थिए । निलिमाको अमेरिकाको फ्लोरिडा युनिभर्सिटीमा छात्रवृत्ती परेको कुरा सुनेको थियो विवेकले । विवेक उसको र निलिमा बीचको त्यो समीपतालाई अझ गाढा बनाउन लालायित थियो । हो ऊ निलिमालाइ मन पराउँथ्यो तर भन्ने हिम्मत गरेको थिएन ।

सँधै त्यहि बाटो भएर साइबर जाने गरेकी निलिमा आज उसकै घरतिर मोडीएकी देख्दा ऊ झन उत्साहित भयो । “आज साइत जुरेको छ,” मनमनै सोच्यो विवेकले । ऊ कुरा शुरू गर्ने बहाना खोज्दै थियो ।

EkdevAdhikari

डिनको नियुक्ति (लघुकथा)

कपाल त्यसै फुलेको थिएन बुद्धि सरको । विश्वविद्यालयमा प्राध्यापन गर्न लागेको पनि करिब दुई दशक भैसकेको थियो । विषयवस्तुमा पोख्त, प्राध्यापन पेशामा सिद्धहस्त बुद्धि सर सम्पूर्ण विद्यार्थीका पृय थिए । अध्ययनका सौखिन उनी सबैसँग भन्ने गर्थे अध्ययनशीलताबाट चाहेको कुरा गर्न सकिन्छ । हुन पनि उनी आफ्नो अध्ययनकै बलबुताबाट यहाँसम्म पुगेका थिए । चाकडी चाप्लुसी गर्न नजान्ने उनी कुनै राजनैतिक धार तिर आफ्नो निकटता नभएको जिकिर गर्दथे ।

सायद यहाँनेर चुकेका थिए बुद्धि सर । यसै कारण अघिल्लो दुइपटक डिनको नियुक्तिमा उनिभन्दा कनिष्ठ प्राध्यापकहरू छनोट भएका थिए । यसपाली पनि डिनको नियुक्तिको गाइँगुइँ सुनिँदै थियो । यसपाली सत्तासीन पार्टीका ठूला नेताले विश्वविद्यालयको कुनै एक कार्यक्रममा गरेको भाषण उनले पनि सुनेका थिए ।
“हामी नातावाद कृपावादलाई मलजल गर्दैनौँ,” नेताजी कुर्लँदै थिए । “यसपाली त सायद …,” सोच्दासोच्दै रोकिन्थे बुद्धि सर ।

पर्यटन (लघुकथा)

मूलसडकको ट्याँ–ट्याँ, स्कुले विद्यार्थीहरूको हतारोसँगै चल्बलाइरहेको सौराहाचोकमा रोकिएका पर्यटकीय बाहनहरू तयार थिए । यी विदेशी पाहुनाहरूसँगै झोला बोकेर तयार थिएँ म पनि राजधानीतर्फ नेल्टाको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन । बस भित्र एक्का दुक्का सिट बाहेक अन्य पर्यटकहरूले भरिएका थिए । दायाँपट्टि तेश्रो लहरमा खाली सीटतिर इशारा गर्दै घिमिरे बाजेले टिकटमा मेरो नाम भरे । घिमिरे बाजे नामै काफि थियो सौराहाचोकेहरूलाई । विगत दुइ दशकदेखि सामान्य टेलिफोन सेवा प्रदायक, टिकट बिक्रेता हुँदै पर्यटकीय बस सञ्चालकसम्मको अनुभव थियो घिमिरे बाजेलाई । सिधै सीटमा गएर बसेँ हलुका यात्रा गर्ने बानी भएकोले झोला मिलाउने झञ्झट खासै परेन । माथितिरको खोपिलोतिर धकेलेँ ।

सिटमा बसेको मात्र के थिएँ उनी बस चढे । घिमिरे बाजेले नाम लेखे र टिकट हातमा थमाइदिए । पैसा दिँदै मतिर आएर छेउको सिटमा बस्ने अनुमति मागे । मलाई पनि कुनापट्टि जाँदा खासै फरक नपर्ने र झन नदी किनारको दृश्यावलोकन गर्न पाउनेमा फुरूङ्ग हुँदै कुनातिर सरेँ । उनको र मेरो सामान्य चिनाजानी थियो । उनलाई भेटनेहरू भन्थे उनी आफूलाई निकै नै जान्ने र सुन्ने सम्झन्छन् ।