Skip to content

लघुकथा कुनो

अभिमान (अनूदित लघुकथा)

एकपटक यस्तो घटना घट्यो कि बिब्लसका राजा नुफ्सीबलको राज्याभिषेक पछि उनी आफ्नो शयनकक्षमा गए – त्यो त्यहि कक्ष थियो जुन पर्वत बासी तीन चमत्कारी सन्तहरूले उनको लागि बनाएका थिए । उनले आफ्नो श्रीपेच र राजसी पोशाक उतारे र कक्षको मध्यभागमा सोच्दै खडा भए, सर्वशक्तिमान वर्तमान बिब्लसका महान सम्राट ।

एकाएक उनी पछाडि फर्के र उनले देखे कि उनकी आमाले दिएको चाँदीको ऐनाबाट एउटा दिगम्बर मानिस बाहिर निक्लेर आयो ।

आनन्दको अनुभुति (अनूदित लघुकथा)

मेरो युवावस्थामा एकपटक एउटा सन्तसँग सानो डाँडा पछाडि भएको उनको शान्त बगैँचामा भेटेर सद्गुणका प्रकृतिको बारेमा कुरा गर्दैथिएँ कि त्यसैबेला एउटा लुटेरा थकित मुद्रामा खोच्याउँदै डाँडा काटेर आइपुग्यो । बगैँचामा आउनासाथ सन्तको अगाडि घुँडा टेकेर भन्न थाल्यो, “महाराज, म आराम चाहन्छु ! मेरा अपराध मलाई भारी भयो ।”

अनारदाना र सुन्तला (लघुकथा)

भान्छाकोठाको टेबलमा सजाएर राखिएका फलफूलहरूले आपसमा भेला गरे । उनीहरू मानिसको निर्दयीपनबाट वाक्क र दिक्क भएका थिए र मानिसहरू बिरूद्ध बिद्रोह गर्ने मनस्थितीमा पुगेका थिए । सबैभन्दा पहिले एउटा गतिलो नेता छान्ने कुरामा सबै सहमत भए । सुन्तला र स्याउ प्रतिष्पर्धिका रूपमा खडा भए । सुन्तलाले सुटुक्क अनारका दानाहरूको भेला गरायो । अनारका प्रत्येक दानाहरू एकअर्कासँग टपक्क टाँसीएर आफ्नो घर भित्र बसेका थिए । सुन्तलाले भाषण गर्न थाल्यो –

अब हाम्रो पालो (लघुकथा)

‘के हामी सँधै यिनीहरूको दास बनेर बस्नुपर्ने हो ?’ सिन्थेक्सले रोष प्रकट गऱ्यो ।

‘हैन साथीहरू हो, अब ईँटको जवाफ पत्थरले दिनुपर्छ ।’ अमोरेक्सले विद्रोहको विगुल फूक्यो । सबै बिद्रोहीहरू एक स्वरमा अमोरेक्सको सुझावप्रति समर्थनमा तालि बजाए । भेलाले सिन्थेक्सको नेतृत्वमा बिद्रोहको सुरूआत गर्ने निर्णय गर्यो ।

सिउँडी र उखु (लघुकथा)

रछ्यानको छेवैको जमीनमा माटो कोट्याउँदै बाहिर निक्लन लागेको उखुको टुसोले भयभीत हुँदै सिउँडीलाई हेर्न थाल्यो । त्यो देखेर घरको पर्खाल बनेर घरको सुरक्षाको जिम्मा लिएको सिउँडीले भन्यो
“डराउनु पर्दैन बाबु, तिमी हामी एकै वनस्पति जातका हौँ ।”

भगवान (अनूदित लघुकथा)

धेरै समय अगाडिको कुरो हो, जब म भर्खरै बोल्नसक्ने भएको थिएँ, म पवित्र पर्वत उक्लेँ र भगवानसँग भनेँ, “हे मालिक, म त हजुरको दास हुँ, हजुरको इच्छा मेरालागि कानून हो र म त्यसको पालना हरदम गर्नेछु ।”

तर भगवान कुनै उत्तर नै नदिई तीब्र आँधी सरह हुँइकिनु भयो ।

तातो पानी ( लघुकथा )

” ल यो तातो पानी खुरुक्क खाउ त !! ” एक बिहानै कान नै झर्ने गरी चर्को चर्को बोलीमा भ्यागुतो जस्तै ट्वार-ट्वार गर्दै श्रीमतीको कोठा भित्र आगमन भयो |
” छिटो उठ भन्या…” अलि घुर्किपूर्ण बोलीमा फेरी अलिकिती ट्वारट्वाराहट पोखियो |

जुठो भात (लघुकथा)

मृत्युशैयामा अन्तिम सास फेरिरहेको बुढो बिरालोलाई सोधियो -“यस्तो तिलस्मी योजना तपाईंलाई कसरी फुर्यो ?”

उसले सासले भन्न भ्यायो – “जुठो भात,” अनि आँखा चिम्ल्यो । अर्को दिन “जुठो भात” को रहस्य पत्ता लगाउन अनुसन्धान टोलीको गठन भयो ।

केही समयअघिको कुरा थियो, बिरालोको दुध चोर्ने बानीले दिक्दार किसानहरू दूधलाई भाँडोमा राखेर ताल्चा लगाउन थाले ।

मेजर्नी

आफ्नो लोग्नेको पद र प्रतिष्ठाको खुबै तारिफ गर्थिन् मेजर्नी । गाउँमा लोग्ने स्वास्नीको झगडा परे मिलाउन पुग्थिन् उनी । महिलाहरूलाई हक र अधिकारबारे सचेत हुनुपर्छ भन्थिन् आफ्नो उदाहरण दिएर । “लोग्नेलाई छाडा छोड्नु हुन्न । हरबखत उनिहरूको गोठालो लाग्नुपर्छ” भनेर सल्लाह दिन्थिन् । उनको घरमा गाउँभरिका महिला भेला हुन्थे । र दिनैभरि लुँडोको मेला लगाउँथे । उनकी नोकर्नी चमेली एक एक छिनमा लुँडो खेलाडीहरूलाई चिया बनाएर टक्र्याउँथी ।

युद्ध र साना देशहरू (अनूदित लघुकथा)

एक पटक एउटा भेँडा र उसको सानो पाठो कुनै एक घाँसे मैदानमा चरिरहेका थिए, उक्त मैदानको माथि एउटा भोको चील घुम्दै त्यो सानो पाठोलाई हेरिरहेको थियो । जब त्यो भोको चील त्यो सानो पाठोलाई झम्टन खोज्दै थियो कि त्यत्तिकैमा त्यहाँ अर्को एउटा चील देखा पऱ्यो र त्यस्तै भोकाएको नजरले त्यो पाठोलाई हेर्न थाल्यो । त्यसपछि ती दुई प्रतिद्वन्दी डरलाग्दो आवाजले पुरै आकाश घन्काउँदै एक-अर्कासँग जुध्न थाले ।

RamHariAdhikari

अभिव्यक्त प्रेम (लघुकथा)

टोरोन्टोमा सप्ताहान्तका रातहरूमा ‘रेस्टुराँ’ र ‘नाइटक्लब’ जानु यहाँका युवायुवतीहरूको दिनचर्या भित्रै पर्ने रहेछ । म भने पूर्वीय समाजबाट आएको पश्चिमी समाजको नवप्रवेसी भएकोले सबै परीवेश नौलो लाग्थ्यो । रात्रीकालीन काम, शुक्रबार साँझको लगभग नौ बजेको थियो । म, सदा झैँ अफिस जान, फलामे पाङ्ग्रा भएको बिद्युतीय गाडीमा चढेँ । एक अधबैँसे युवक र बीस-बाइसे युवती मभन्दा अगाडिको सिटमा आएर बसे ।

अमेरिकी समय (लघुकथा)

अमेरिका आएदेखि नै सबैलाई यो पट्टी पढाइयो कि यहाँ सबैकुरा समयमा हुन्छ भनेर । दुइ हफ्ता देखि यस्तै समयको महत्त्व, यहाँको व्यस्त तथा व्यवस्थित शहर, यातायात, व्यक्ति, सबैदेखि अचम्भित हुँदै यहाँको काइदा सिक्दै थियो । ६ हफ्ताको प्रशिक्षण कार्यक्रममा ऊ लगायत अन्य १६ देशका २१ शिक्षकहरू अमेरिकी शिक्षाप्रणालीको साथ-साथै एक-आपसका देशमा प्रचलित शिक्षाप्रणालीसँग जानकार हुँदै थिए र यो सम्पूर्ण शिक्षकहरूको लागि सुनौलो अवसर थियो । समयमा ब्रेकफास्ट, समयमा कलेज, समयमा लञ्च, र समयमा डिनर । दुई मिनट ढिलो भयो कि, समस्या । सबै चुस्त, दुस्त र शरीर तन्दुरूस्त । यस्तै दिनचर्या चलिरह्यो ।

सहयोगी रोबोटहरू (अनूदित लघुकथा)

“हाम्रा मानिसहरू आज हामीलाई भेट्न आउँछन,” रोबोटले भन्यो ।

“चुप लाग!” रोड रान्किन झोक्कियो । कुर्सी फनक्क घुमाएर उठ्दै बरण्डातिर गयो र एकोहोरिँदै कतै हेरिरह्यो ।

“हाम्रा मानिसहरू–” दश फिट अग्लो, बेलनाकार रोबोट मशीनी आवाजमा बोल्दै थियो जब रोड रान्किनले उसलाई रोक्यो ।

लालचको फल (लघुकथा)

दुनियाँलाई आफ्नो जालमा फसाउन कसैले धनप्रसादसँग सिकोस् । उ गाउँको मुखिया, महाजन, अन्नदाता, ऋणदाता, के थिएन । गाउँलेहरू पनि अड्को पड्को पर्दा धनप्रसादलाई नै गुहार्न पुग्थे । एकपटक धनप्रसादसँग गुहार माग्नेको जायजेथा अजिङ्गरले आहारा निले झैँ निलेर डकारसम्म पनि नगर्दासमेत गाउँलेहरूले उसको मुखेन्जी चुँक्क बोल्दैनथे । गाउँमा कसैको बाख्रो, पाडी, राम्रो देख्नासाथ साम, दाम, दण्ड, भेद आदि सबै प्रकारको हतकण्डा अपनाउँदै लैजान पछि पर्दैनथे धनप्रसाद ।

आज गाउँमा एउटा छाडा भैँसीको हल्ला चलेको उसले पनि सुन्यो । गाउँलेहरू कसैले पनि आफ्नो भनेर दावी नगरेको पनि थाहा पायो । गोठमा गएर हेऱ्यो सबै भैसीहरू मस्त उघ्राएर बसीरहेका छन् । उसले मनमनै सोच्यो यत्रा भैँसी अटाएका छन त त्यो एउटा कसो नअटाउला । यदि कसैले लाँदैन भने म यतै ल्याउँछु । ऊ फटाफट हल्लाखल्ला भएको ठाउँतिर हानियो ।

पुनर्जीवन (अनूदित लघुकथा)

“तपाईँ जस्तो गज्जबको मान्छे मैले कोही भेटेकी छुइन ।” केटीले भनी । “तपाईँको कथा सुनौँ न ।”

होचो, खाइलाग्दो एशीयाली मूलको बाघजुङ्गे मानिसले भन्यो, “पुरै कथा भन्न त एक युग लाग्छ ।” ऊ झ्याल बाहिरको पहेँलो र रातो सूर्यलाई एकतमासले हेरीरह्यो । यसरी दुवै रङ्गको सूर्यलाई हेर्न ऊ अझै अभ्यस्त थिएन । वास्तवमा त्यो भन्दा महत्त्वपुर्ण अन्य प्रशस्त कुराहरू थिए जसमा ऊ अभ्यस्त हुनै थियो ।

‘स्व’को खोजी (अनूदित लघुकथा)

एकदिनको कुरो हो, म यसै एक पागलखानाको बगैँचामा टहलिरहेको थिएँ कि एकजना मानिस दर्शनशास्त्रको किताब पढिरहेको अवस्थामा देखेँ । उसको बानी बेहोरा र सु-स्वस्थ शरीरको कारणले पनि ऊ पागलखानाकै अन्य बन्दीहरू भन्दा भिन्न देखिन्थ्यो ।

म पनि उसको नजिकै बसेँ र उसलाई सोधेँ ।

शत्रु (भावानूदित लघुकथा)

छ वर्षे छोराको निष्प्राण शरीर र श्रीमती को अचेत शरीर किरिलोभको आँखा अगाडि नाच्न थाल्यो । एक मात्र छोरो र त्यसको वियोगको पीडा कसले सहन सक्थ्यो र ? ऊ त एक पुरूष थियो र साथै एक डक्टर पनि, यस्ता कारूणिक पलहरूसँग परिचित थियो । असह्य पीडाको वावजुद सान्त्वनाका स्वरहरू श्रीमतीसँग बाँडनु पर्ने वाध्यता । अचानक कलबेलको आवाजले झस्कँदै ढोका खोल्न पुग्यो ऊ ।

“डक्टर घरमै हुनुहुन्छ ?”

मापसे (लघुकथा)

रातको करीब १० बज्दै थियो । सौराहाचोकको आडैमा रहेको प्रतिक्षालयको नजिकै एक प्रहरी भ्यान उभीएको छ । बत्तीको प्रकाशमा टल्–टल् टल्कने गुलाबी रङ्गको ज्याकेट लगाएका ट्राफिक प्रहरीहरू आउने जाने बाहन रोक्दै चालकहरूको मापसे परीक्षण गर्नमा व्यस्त छन् । एक युवा आफ्नो प्रतिरक्षा गर्दछन – ‘‘होइन सर, मैले त एउटा रेड–बुल मात्र लिएको हो । म अरू ‘हार्ड’ होस या ‘सफ्ट’ केही खान्न । विश्वास गर्नुस् ।’’ तर प्रहरी विश्वास गर्न तयार छैन ।

परबाट एउटा कार आएको देखिन्छ । कार रोकिन्छ । चालकको मापसे परीक्षण गर्न नपाउँदै पछाडिपट्टिको सिटबाट आएको चिर–परिचीत आवाजले प्रहरीको आँखा उतै तिर तानिन्छ – ‘‘अलि हतारो छ भाइ, ड्राइभरको जिम्मा म भएँ ।’’

‘‘ठीकै छ हजुर, अनि यतिबेला हतारो गरी गरी कता त ?’’

तीन तरङ्ग (प्रयोगात्मक कथा)


त्यत्रो दिनदेखि घर बोलाको आज बल्ल आयो … सँधै आउँछु मात्र भन्छ … हुन त भाउ दिएकी थिइन … सँधै पछि लागेपछि के लाग्दो रहेछ र … डक्टरलाई पनि विश्वास नगर्ने भनी मख्ख पाऱ्यो … कहिलेकाहीँ त शंका लाग्छ … मान्छे त राम्रै होला जस्तो लाग्छ … ल ठीकै छ … बुवाले पनि डक्टर भए त हुन्छ भन्नु हुन्थ्यो … आखिर धेरै पढेर पनि के नै पो हुने हो र … उसले कमाइहाल्छ, मलाई पनि एउटा फार्मेसी खोलीदिन्छु भन्छ … आखिर पढेर पनि त पैसै कमाउने त हो … नपढी कमाइन्छ भने किन दुःख गर्नु …

अभिशाप (लघुकथा)

त्यस दिन एस.एल.सीको परीक्षाको नतीजा निस्केको थियो । कुन्दनको खूशीको सीमा थिएन । खूशी नहोस पनि किन । १२ वर्षदेखिको त्याग र तपस्याको वरदान पाएको दिन थियो त्यो । विशिष्ट श्रेणी सहित परीक्षामा कक्षा प्रथम हुनुको आनन्द बेग्लै थियो । हुन पनि अति नै दुःख गरेको थियो कुन्दनले त्यो नतिजा ल्याउन । कुन्दनका बुबा राजाराम पनि कम खुशी थिएनन । राजारामको रहर – दुःख–जिलो गरेर भए पनि छोरालाई अंग्रेजी विद्यालय पढाउने । आफूलाई दलित भनेर घृणित नजरले हेर्ने समाजमा ऊ चाहन्थ्यो उसको छोरो एक सफल तथा प्रतिष्ठित व्यक्ति बनोस ।