बिहेको प्रस्ताव (लघुकथा)


“आज त पक्का भन्छु,” परबाट आउँदै गरेकी नीलिमालाई हेर्दै दृढ भयो विवेक ।

विवेक र नीलिमा दुवै बाल्यकालदेखिका साथी थिए । गाउँको निजी विद्यालयमा प्रवेशिका परीक्षादेखि सदरमुकामको उच्च माध्यमिक विद्यालयको विज्ञान सङ्कायमा कक्षा १२ सम्मको यात्रा सँगै तय गरे उनीहरूले । त्यसपछि नीलिमा इन्जिनियरिङ कलेज पढ्न राजधानी तिर लागी र विवेक रामपुर कृषि विज्ञान तर्फ लाग्यो ।

अध्ययनको सिलसिलामा एक अर्कासँग टाढा भए पनि विवेकले नीलिमालाई कहिल्यै टाढा मानेन । दशै तथा जाडोको छुट्टीमा उनीहरू फेरी नजिक हुन्थे । स्नातक तह पनि दुवैले पुरा गरिसकेका थिए र दुवै अब स्नातकोत्तरको तयारीमा थिए । निलिमाको अमेरिकाको फ्लोरिडा युनिभर्सिटीमा छात्रवृत्ती परेको कुरा सुनेको थियो विवेकले । विवेक उसको र निलिमा बीचको त्यो समीपतालाई अझ गाढा बनाउन लालायित थियो । हो ऊ निलिमालाइ मन पराउँथ्यो तर भन्ने हिम्मत गरेको थिएन ।

सँधै त्यहि बाटो भएर साइबर जाने गरेकी निलिमा आज उसकै घरतिर मोडीएकी देख्दा ऊ झन उत्साहित भयो । “आज साइत जुरेको छ,” मनमनै सोच्यो विवेकले । ऊ कुरा शुरू गर्ने बहाना खोज्दै थियो ।

“विवेक, बसन्त र मेरो फ्लोरिडाको विश्वविद्यालयमा छात्रवृत्ति स्वीकृत भयो नी ।”

“राम्रो, अनि तिम्रो बसन्त भन्ने साथीलाई चिनाउँदीनौ ?”

“विवेक, मेरो बुबा आमालाई तिमी राम्रोसँग चिन्छौ । उहाँहरू मलाई एक्लै अमेरिका पठाउने आँटै गर्न सक्नुभएन अनि त्यहिबेला बसन्तले मसँग बिहेको प्रस्ताव राख्यो र बुबा आमा पनि राजी हुनुभयो अनि मैले नाईँ भन्नै सकिन ।” यति भन्दै शुभ विवाह लेखेको रङ्गीचङ्गी कार्ड उसको हातमा राखिदिई र फरक्क फर्केर हिँडी । विवेक अवाक् हुँदै कहिले फर्कँदै गरेकी नीलिमालाई र कहिले हातमा रहेको कार्डलाई हेरिरह्यो ।

उता पार्श्वमा यम बरालको गीत गुञ्जीरह्यो “निष्ठुरीले छाडेर गइहाली . . . ।”

लघुकथा दिवस
२०६९ भाद्र ०५

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

4 thoughts on “बिहेको प्रस्ताव (लघुकथा)”

  1. मित्र मैले हजुरको लघु कथा
    मित्र मैले हजुरको लघु कथा आौधी नै मन परयो , साथै मैले हजुरको अनुमति बिना मेरो फेसबुक पेज “प्रेमको डायरी”मा तपाईको नाम सहित पोष्ट गरेको छु आशा छ रिसाउनु हुने छैन , मेरो माया अनि साहित्यिक सेरोफेरो को पेज को लागि यो पेजमा हेर्नु होला धन्यावाद ।
    http://www.facebook.com/Lovestory.Keshab

    केशब सिँह धामी , हाल नेपाल ।

    1. धन्यवाद
      मित्र केशब सिँह जी, यो कथा यहाँ राखिनुको उद्देश्यनै बढी भन्दा बढी पाठक समक्ष जाओस भन्ने हो त्यसैले रिसाउने त कुरै छैन । बरू धन्यवाद ।

  2. sorry nepali type
    sorry nepali type aaudaina,antim ko yam baral ko geet alik milena ki ?bichara tyo keti lai k thaha usle tyo keti lai maya garchha bhanne?tesaile tyo keti lai nisthuri bhannu ali milena jasto lagyo……

    1. प्रतिक्रियाको लागि धन्यवाद।
      प्रतिक्रियाको लागि धन्यवाद। केटीलाइ निष्ठुरी भनेको होइन, यम बरालको गीत मात्रै लेखेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *