Skip to content

लघुकथा कुनो

पुस्तक समीक्षा (लघुकथा)

कठोर परिश्रम, लगन र आत्मविश्वासको परिणाम थियो त्यो जसले दिनेशलाई यो उचाईमा पुऱ्याएको थियो । स्नातकको परीक्षामा अव्वल नतिजा ल्याएर उच्च आकाङ्क्षा बोकेर विश्वविद्यालयको केन्द्रीय विभागमा नै स्नातकोत्तर अध्ययनको लागि आएको थियो । पहिलो दुई महिनामै धेरै विद्यार्थी तथा प्राध्यापकहरू माझ लोकप्रिय हुन सफल भएको थियो ऊ ।

प्राध्यापक अमर पनि उनको क्षमतासँग परिचित थिए । त्यसैले त सायद उसको अध्ययनशीलतालाई अझ निख्खर बनाउन चाहन्थे, यस्तै सोच्थ्यो दिनेश ।

खोजी (अनूदित लघुकथा)

एक हजार वर्ष पहिले दुई दार्शनिकहरू लेबनानको एक पर्वतमा भेट भएछन, अनि एक दार्शनिकले अर्कोलाई सोध्यो – “कहाँ जाँदै हुनुहुन्छ।”

अनि अर्को दार्शनिकले उत्तर दियो – “म यौवनको झरनाको खोजीमा हिँडीरहेछु जुन मलाइ थाहा छ यीनै पर्वत, पखेरोहरूमा कतै हुनु पर्छ। मैले पढेको छु कि त्यो झरना सूर्यको दिशातिर बगिरहेको हुनेछ। अनि तपाईँ के खोज्दै हुनुहुन्छ?”

भाले र घाम (लघुकथा)

‘कुखुरी काँ ! कुखुरी काँ !!’ खोरबाट बाहिर मुण्टो निकाल्दै बासेको भाले फर्केर पोथीलाई भन्छ। ‘देखिस त बुढी यी सब मानिसहरूको काम मेरै कारणबाट त पुरा हुन्छ नि। यी निद्रामा मस्त मूर्खहरूलाई समयको महत्त्व के थाहा।’

‘अँ होला, तिमै कारणले त संसार चलेको होला नि? बिहान एक छिन सुत्न पनि नदिई कति फतर-फतर गरिराको,’ पोथीले झर्को मानी।

भाग्य (लघुकथा)

“हैन आज पनि त्यस्तै खाना खानु पर्ने भो? होइन यो शहरभरि यत्तिका पाँचतारे होटलहरू छन्, कहिलेकाँही त त्यतैतिरबाट पनि ल्याउनु नि!”

राजसी ठाँटबाँटमा ऊ कुर्लियो। ऊसँगैको साथि भने उसको भागमा जे परेको थियो त्यहि चुपचाप खानमा तल्लिन भयो। हातको खाना खाइसकेर उसलाई पेटभरि हेऱ्यो।

रोबोट (लघुकथा)

दिनभरीको भागदौड सकेर खाना खाइवरी बैठककोठामा पसेँ। कक्षा एकमा अध्ययन गर्ने छोरी नजिकै आएर बसी उसको हातमा एउटा पुस्तक थियो जसमा रोबोटको चित्र थियो।

“बाबा, यो चित्र के को हो?” बालसुलभ बोलीमा उसले मलाइ सोधी

“यो रोबोटको चित्र हो छोरी।” छोरीको जिज्ञासा मेटाउने प्रयत्न गरेँ।

“अनि बाबा यो त मान्छे जस्तै देखिन्छ त? टाउको हात खुट्टा सबै छ त?” फेरी प्रश्न आयो।

उचाइ (अनूदित लघुकथा)

चार कविहरू एउटा टेबलमा राखिएको सोमरसको वरिपरि उभीइरहेका थिए।

पहिलो कविले भन्यो – “मेरो तेश्रो आँखाबाट मैले देखिरहेछु यस मदिराको मधुर बासना यहाँ वरपर यसरी घुमिरहेछ मानौँ चराको एक हुल कुनै तिलस्मी जङ्गलमाथि बादलसरी विचरण गरिरहेछ।”

पर्यावरण (लघुकथा)

जिल्ला वन कार्यालयको पियन धनवीरको कार्यालयले उसको विगतको तीस वर्षको कार्यकालमा धेरै हाकीमहरू, मन्त्रीहरू तथा रेञ्जर तथा फोरेस्टरहरू बेहोरिसकेको थियो।

निर्वाचन पछि बनेको सरकारमा त्यही जिल्लाका नेताले वन मन्त्रालयको जिम्मेवारी पाए। धनवीरले पनि हाकिमहरू, तथा वनरक्षकहरूको नयाँ डफ्फालाई स्वागत गर्ने मौका पायो।

पुरस्कार (लघुकथा)

रवि आज अति खुशी थियो। यो खुशीको कारण थियो आज विद्यालयमा भएको चित्रकला प्रतियोगिता। कक्षा चारमा पढ्ने रवि विद्यालयका अन्य वरिष्ठ विद्यार्थीहरूलाई उछिन्दै प्रथम भएको थियो। पुरस्कार पनि थियो चित्रहरू बनाउनको लागि अभ्यास पुस्तिका र बिभिन्न रङ्गहरूको सेट।

हर्के (लघुकथा)

“एई…साउनी, ए..क गिलास अरू थप, त!” हर्के लर्बराउँदै भन्न थाल्यो।

“ओई हर्के मोरो, कति धोक्छस्? छैन अब! बुढीले मार्ली नि फेरी, उसै त सधैँ मसँग बाझ्न आउँछे। पैसा पनि बेलामा दिने होइन। मैले भन्देको छ हेर, भोलि पैसा नलिकन आउने हैन नि फेरी।” साहुनीले थप्ने सुर नगरी जवाफ फर्काइ।

“ए…क गिलास मात्रै! धरो…धर्म, त्यसपछि खुरूखुरू घर जान्छु। तेरो पैसा सबै पर्सी चु…क्ता।” हर्केले फकाउन थाल्यो।

शत्रु (लघुकथा)

मेजरसाबको सबैभन्दा ठूलो शत्रु थियो ऊ । उसले मेजरसाबको रातको निद्रा र दिनको खुशी सबै लगेको थियो । राति अबेरसम्म पनि उसकै आवाजको कारणले सुत्न पनि सक्थेनन । दिनभरि पनि त्यसको सोचाइले उनको दैनिक दिनचर्या पनि प्रभावित भएको थियो ।

त्यस्तो कायर तथा कातर त होइनन मेजरसाब । ठूला-ठूला युद्धहरू लडेर धेरै शत्रुहरूलाई हराइसकेको र उनीहरूलाई पाखा लगाएको हिजै जस्तो लाग्छ उनलाई । तर यो शत्रु वास्तवमै खास थियो ।

निराशा (अनूदित लघुकथा)

चुक घोप्ट्याए जस्तो अन्धकार छ, र ढोकाको चुकुलको परिचित आवाज कुर्लुङ्ग मात्र सुनिन्छ। म प्रतिक्रियाको आशामा सकेसम्म जोडले चिच्याउँछु तर कुनै उत्तर आउँदैन।

“म यहाँ कसरी आएँ?” मनमनै सुस्केरा हाल्छु र तुरुन्तै सम्झन्छु म यस कोठामा केही चीजबाट बच्न भाग्दा भाग्दै आइ पुगेको थिएँ।

“त्यसो भए म यहाँ आफैँ थुनिन आइ पुगेँ?” म आफैँलाई सोध्छु। कोठा साँघुरो छ, खुट्टा तन्काएर ढोका फोर्नको लागि पर्याप्त ठाउँ छैन ।

खुशी (अनूदित लघुकथा)

मध्यरात तिर मिटीया (डिमित्री) कुल्दारोफ हतार-हतार आफ्नो बुबा-आमा बस्ने घरभित्र एकाएक पसेर सबै कोठा चाहाऱ्यो। बुबा-आमा आराम गर्न गइसक्नुभएको थियो र उसकी बहिनी उपन्यासको अन्तिम पेज पल्टाउँदै थिइन। स्कुले भाइहरू सुतिसकेका थिए।

“यति हतारमा किन?” अचम्भित बुबा-आमाले सोध्नुभयो। “के भयो?”

“त्यो नसोध्नुस! यस्तो कहिल्यै सोचेको थिइन! अहँ कहिल्यै पनि,–अति अविश्वसनीय कुरा!”

मिटीया अट्टहास लगाउँदै कुर्सीमा पसारीयो, खुशीले उसको भुइँमा खुट्टा थिएन।

झण्डा (लघुकथा)

धेरै दिनदेखि लघुकथा कुनो तथा मझेरीमा उपस्थिति जनाउन सकेको थिइन, त्यसैले आज एउटा कथा लेखेर पोष्ट गर्ने बिचारले कम्प्युटर शुरू गरेँ, कथाको विषयवस्तु सोच्दै थिएँ कि ढोकाको कलबेल बज्यो । बाहिर निस्केँ, जुझारू पार्टीका नेता, उम्मेदवार तथा कार्यकर्ताहरू स्वागत गर्न बसेका रहेछन । दश औँलाका समुहहरू अचानक एक हुँदै गए ।

“अधिकारी जी नमस्कार ।” मैले केही भन्न नपाउँदै अबिरले छोपिएको अनुहार अघि सार्दै उम्मेदवार मित्र अघि सरे ।

उपहार (लघुकथा)

लघुकथाः उपहार
एकदेव अधिकारी

“बाबु घरमा त बेहाल पो छ रे । तेरो बुबा करिब एक महिना अघि घरबाट जानुभएको अझै फर्कनुभएको छैन ।” अचानक माइलाबा ले टेलिफोनमा भन्नुभएको शब्द मेरो स्मृतिमा फेरी गुञ्जियो ।

भेटिएको छोरो

…एक मासके अन्दरमा घर आउँछु….

यही भाषा फोनमा सुन्न पाइयो ।

छोराले नेपाली बोल्न बिर्सेछ ।

१५ बर्षभन्दा बढी समय बेपत्ता भएको छोराको आवाज सुन्न पाउँदा 85 वर्ष पार भएको म पिताजीका आँखा रसाए ।

धर्मगुरूको भेषमा शैतान (अनूदित लघुकथा)

“दुई धर्मपन्थीहरू बीच विवाद बढाउने होइन त? मैले तपाईको अर्थ बुझेँ !” धर्मगुरूले राजनेतासँग भन्यो !

“आजभोलि तपाईको भाग्य चम्केको छ र चाहनुहुन्छ कि यी दुई धर्महरू बीच गलतफहमी बढाएर यिनीहरूको ध्यान र शान्ति भङ्ग होस ता कि चुनावको दिनसम्म यिनीहरू तपाईलाई भुलुन र तपाईको काम होस् ।”

बृद्धाश्रम (लघुकथा)

“बुवा, हजुर हामीसँग बस्नु पर्छ ।” जेठो छोरो बुद्धिले जुक्ति निकाल्यो ।

विद्याप्रसाद केही बोलेनन् ।

“बुहारीको पनि सानोतिनो व्यवसाय चलिरहेको छ, अलिकति लगानी भने थप्नु पर्ने छ । बिहान बेलुका घर कुर्न पनि हुन्छ, अनि काठमाडौँको ठाउँ सुविधा पनि राम्रै हुन्छ …” बुद्धि भन्दै गयो ।

किप द चेञ्ज (लघुकथा)

क्यालिफोर्नियाबाट ग्रेहाउन्ड बसको साढे चार घण्टाको यात्रा पछि रातिको करिब पौने नौ बजे लास भेगाजमा ओर्लियौँ । पहिलो झलकमै यहाँका क्यासिनोहरूका झिलिमिलि चम्किला बत्तीहरूको कारणले दिन वा रात छुट्याउन गाह्रो भयो । संयोग यस्तो पऱ्यो कि उत्रनासाथ मुसलधारे वर्षाले हाम्रो स्वागत गऱ्यो । बसमा एकजना लास भेगाज बासीसँग सामान्य चिनजान भएको थियो । ओर्लनासाथ सायद हाम्रो समस्या बुझेछ क्यारे भन्न थाल्यो – “डु यु गाइज वान्मी टु गेट यु अ क्वीक क्याब ?” (के तपाईँहरूकोलागि छिटो ट्याक्सी पाउने ठाउँ लैजाउँ ?)

काठको घोडा (लघुकथा)

“मेरो एक सपना त बल्ल पुरा भयो।” पारस कानुनी रूपमा बिबाह दर्ताको प्रमाणपत्र थन्काउँदै एलिनासँग भन्दै थियो।

“एक होइन एक मात्र भन पारस, अरू पनि म जस्तै सपनाहरू छन भने ती पुरा कुनै हालतमा हुन दिउँला र?” एलिनाले लाडिँदै भनी।

“हो बाबा! मेरो ससुराको एकमात्र छोरी अनि मेरो एकमात्र सपना!” पारस विश्वास दिलाउने प्रयासमा भन्दै थियो।

सजाय (अनूदित लघुकथा)

मैले त्यस्तो कुनै अपराध गरेको थिइन, ता पनि म पल्टिरहेछु यहाँ आफ्नै छायाँलाई एकोहोरो हेर्दै, खुट्टा हल्लाउँदै, भित्तामा भएका अदृश्य हमलावरहरूलाई लात्तीले हानेको अभिनय गर्दै । कसै न कसैले मेरो क्रोधको सामना गर्नै पर्छ, चाहे त्यो काल्पनिक शिकार किन नहोस । कम से कम ऊ प्रतिरक्षामा मसँग भिड्न त सक्दैन; यतिबेला मैले लिने सन्तोष भनेकै त्यही हो ।