Skip to content

पुनर्जागरण

भाषण

मन्त्री बन्नासाथ सबै विसयका ज्ञाता सम्झि हरेक सभामा मन्त्रीलाई निम्ता गरिन्छ । यस्तै एक विदेशबाट आयात गरिएको नयाँ नयाँ प्रविधिबारे चलेको गोष्टीमा मन्त्रीको नाताले मीनबहादुर मुख्य अतिथि भई गोष्टीमा पुगे । उनेले त्यहाँ जोडदार भाषण दिए । दर्शकहरूले ध्यानमग्न भई भाषण सुने र तरर जोडको ताली बजाए ।

शहीद

आज शहीद दिवस । स्वर्गमा पुगेका शहीदहरू आफूहरूले देशको लागि गरेका त्याग तपस्या र त्यसको उपलव्धिवारे छलफल गर्दै चिन्तित मुद्रामा देखिन्थे । प्रजातन्त्र आएपछि देशमा जनता दासत्वबाट मुक्त भई अधिकार सम्पन्न नागरिक हुनेछन । देशले द्रूत गतिमा विकास गर्नेछ । जनता सुखी र सम्पन्न हुनेछन । कसैको धाकधम्की र दवावमा बस्नुपर्ने छैन भन्ने हाम्रो सपना थियो । त्यसैको लागि हामीले जीवन बलिदान दियौ तर आजपर्यन्त देश र जनताको हालत झन झन खराव हुदैछ । के कारणले यस्तो भएको होला ? ती यस्तै यस्तै छलफल गर्दै थिए ।

सहमति

लामो अनबन पछि बल्ल-बल्ल प्रमुख दलका शीर्ष नेताहरूको कुनै रिसोटमा गोलमेच बैठक बस्यो ।

सबैका अगाडि टेबलमा मिनरल वाटर र ग्लास राखिएको छ । बेला बेला चिया पनि आइरहेछ । खाजा पनि टन्न खाइसके । दिनभर गरमा गरम बहस चलिरह्यो । तर कोही पनि आफ्नो प्रस्ताबभन्दा बाहिर टसमस भएनन् । सहमति, वीसको उन्नीस पनि हुन सकेन । सबै आ–आफ्नो स्वकीय लाभको विषयमा अडिग रहे । “रातभर करायो दक्षिणा हरायो” भने झै भयो ।

तलतल

पार्टीका तल्लो तहका नेताहरुले जनसमुदाय माझ भाषण गर्ने अवसर नपाए पनि रहर भने औधी लाग्दो रहेछ । त्यस्तै कुनै पार्टीका एक साना नेतालाई पनि भाषण गर्ने तलतल लागेछ ।

दिनको उज्यालोमा त उनलाई आँट थिएन । साँझपख रक्सी टन्न पिएर एकलै सडकमा लरवरिएर हिडदै भाषण गर्दै थिए । अलि पर एउटा ठाउँमा फोहरको डङगुर, पहाड जतिकै अग्लो थियो । टाढाबाट आएको बत्तीको उज्यालो त्यसमा पर्दा विभिन्न मानव आकृतिको छाया जस्तो देखिन्थ्यो ।