Skip to content

साँझमाथि केही कविताहरू

मौलिक साँझ

दरबारमा साँझ
घरबारमा साँझ
उष्ण साँझ
शितोष्ण साँझ
तृप्तताका सन्धिसर्पन भित्र
अनेक साँझ,

अवतार साँझहरू
कतै गुनासा भाक्छन्
संघीय साँझहरू
कतै विद्रोह कबोल्छन्

साँझ : केही शब्द चित्र

प्रेमिल साँझसँग
मनोवाद साट्या छु
धुमिल साँझ र म
संवादमा रमाएका छौं
सानो साँझमा
प्रणय निवेदन गर्दै
इच्छाको तोकादेशमा
भलिभाँती रमाएका छौं,

आमा र साँझहरू

जननी
र ममतामयी साँझहरू
किनकिन
फूलका कालीनभन्दा प्राप्तिमय हुन्छन्
पिरो छ
एउटा साँझको वितण्डा
अमिलो छ
एउटा साँझको कथा