साँझ फक्रेर
अहिलेसम्म
रात भइसक्यो
साँझ
रातलाई फकाउँछ
रात साँझलाई घुक्र्याउँछे
दुवै डेटिङमा छन् अचेल
तर्पिन-तर्पिन
माया
लहलह क्रीडाकेली
अनुवादित
नगरकोट
धुलीखेल
या चरीकोटसम्म
गहिरो साँझ पर्छ रे अचेल ।
महाशय, हजुर किन बेखबर
गाउनुस् सृष्टि सत्सङ्गका
वायव्य धूनहरू ।

पेशल आचार्य
महालक्ष्मी नपा –५, ललितपुर
हाल : मन्थली, रामेछाप ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *