प्रेमिल साँझसँग
मनोवाद साट्या छु
धुमिल साँझ र म
संवादमा रमाएका छौं
सानो साँझमा
प्रणय निवेदन गर्दै
इच्छाको तोकादेशमा
भलिभाँती रमाएका छौं,
तारा गनेर
जूनमा गएर रोकिएका छौं
फूलमा रमेर
कर्तव्यमा ठोकिएका छौं
कहाँ कहाँ गएनौ
साँझको वायुयान चढेर
भावातित लोकमा
निर्भय भयाक्रान्त
आतुर
कामातुर
ओ ! प्रियसी साँझ
म रातमा तिम्रै सिरानी हालेर
सपनाको माला लगाउँछु ।
पेशल आचार्य
महालक्ष्मी नपा –५, ललितपुर
हाल : मन्थली, रामेछाप ।
