Skip to content

भौगोलिक समीक्षा

चौध तालको माला घोडाघोडी क्षेत्र

  • by

नाम सुन्दैमा पनि अचम्म लाग्ने — घोडाघोडी ताल । केही वर्षअघिसम्म जीवित पुस्ताको कुरा मान्ने हो भने पनि करिब दुई सय वर्ष पहिले कैलालीको मध्यभागमा अवस्थित यो तालको रमणीयता हेर्न घोडा र घोडीमा सवार भएर आएका राजारानीले तालको वरिपरि घुम्न नपाउँदै सवार घोडाघोडी थाकेर मरेकोले यस तालको नाउँ घोडाघोडी रहन गएको हो ।

गोसाइँकुण्डको यात्रा

  • by

हाम्रो नेपाल प्रकृतिको राम्रो र रमाइलो मुलुक हो । यहँाका हिमाल, पहाड, नदीनाला, ताल, कुण्ड, पोखरी, वन-जङ्गल, मठ-मन्दिर आदिले गर्दा नेपाल हेर्न बर्सेनि धेरै विदेशीहरू पनि लोभिएर आएका हुन् । नेपाललाई प्रकृतिले धेरै राम्रो बनाइदिएको छ । अहिले तिमीहरू पुग्न, देख्न नसकेका ठाउँका बारे सुन, बुझिराख । पछि ठूलो भएपछि जानुपर्छ ल ?

ओखलढुंगा विकास समाजिक सम्भावना

प्रमुख नदी नालाहरु ओखलढुङ्गांमा पाइने नदी नालाहरु प्राकृतिका वरदान नै हुन। किनकी त्यहाबाट जलबिद्युत उत्पादन गर्नेसकिन्छ, माछापालन देखि याटिक्गं पनि गराउन सकिन्छ, दुधकोसी, सुनमकोसी, लिखु , मोलुगं, ठोटने, लिस्ने, सेर्ना, बागें खोला खानी खोला, ढाड खोला, पंखु खाला , एलुगं खोला, लिम्फु खोला, साल्पु खोला डुडे, जुगे चोक्टि मंगला, आधेरी, पाताले, सप्ली र खार्ने, ओखलढुङ्गांका चर्चित खोला तथा नदी हुन्। यहाका नदी खोलाबाट ठूलो मात्रामा नभएर पनि लघुजलविद्युत निकाल्न सक्ने प्रचुर संभावना छ। लिखु दुधकोसी र सुनकोसीबाट त सयौ मेगावटको विद्युत उत्पादन गर्न सकिन्छ।