Skip to content

नाटक

एकांकी ०४ – आधा मेरोः आधा तिम्रो

  • by

बिहान दस बजेतिरको समय छ । घरको सिकुवामा एक अधबैँसे युवती काम गरिरहेकी छिन् । एक ठिटी पढलेख गरिरहेकी छिन् । एक बालक खेलिरहेको छ । त्यसैबेला नरनाथलगायतका केही पुरुषहरूको आवाज आउँछ । नरनाथ भने सिकुवातिर उक्लिन्छन् । अरू पुरुषहरू बाटोबाटै अन्यत्र लाग्दछन् ।

झटारो

पृष्ठभूमिः -आदरणीय पाठकवृन्द यो काठमाडौँको कुनै एक टिभी च्यानलबाट प्रसारण हुने अत्यधिक लोकप्रिय कार्यक्रम हो । आ-आफ्नो जवानीलाई पैसामा छोल्ने र बुढ्यौली लागेपछि एक अर्कालाई मोल्ने एक अधबैंसे जोडीले यस कार्यक्रमको प्रायोजन गर्नुभएको छ । उहाँहरू हुँदोखाँदो उमेरजति बाहिर बिताउने र छाला चाउरेपछि गैर ओछेन तताउने वर्गका पर्नुभएकाले उहाँहरूले बिहे -यसलाई नाटक भन्न उपयुक्त होला गरेको तीन महिनामै सम्बन्ध विच्छेद गर्नुपर्‍यो । त्यसैगरी, कार्यक्रम सञ्चालक/सञ्चालिका जसलाई आजभोलि भिजे -भिडियो जक्की भनिन्छ क्यार म चाहिँ पिजे -पोजदिने जक्की र एमजे -मोडलिङ्ग वा मोजगर्ने जक्की भन्न मनपराउँछु । हुन पनि उहाँहरूको व्यक्तित्व त्यस्तै छ । उहाँहरूबीच विधिवत लोग्नेस्वास्नीको सम्बन्ध नभए पनि चिनजान भएको तीन दिनमै उहाँहरू त्यो भन्दा पनि गाढा सम्बन्ध जोडेर एङ्करिङ इतिहासमा नयाँ फड्को मार्न सफल हुनुहुन्छ ।