Skip to content

नाटक

एकांकी १३ – दाइजो

  • by

(निजी विद्यालयका प्रिन्सिपलको कार्यकक्ष । प्रिन्सिपल आफ्नो कुर्सीमा विराजमान छन् । नयाँ नियुक्ति हुन लागेका विज्ञान शिक्षक दीपेश सोही कक्षाको एकापट्टि छन् । टेबलमा ठूलो ग्लोब छ । घरिघरि प्रिन्सिपल ग्लोब घुमाउँछन् ।

एकांकी १४ – देश हराएको सूचना

  • by

पात्रहरू:
सूत्रधार : ४० बर्से खाइलाग्दो अधबैंसे
युवक : ३० बर्से जवान युवक
युवती : २८ बर्से युवती
वृद्ध : उमेर ५०/५२ तर बुढ्यौली देखिने आकृति भएको

एकांकी १२ – छलछाम छात्ते छ पार्टी

  • by

घरधनीलाई जबरजस्ती भगाएको भव्य घरको सुन्दर कोठा छ । आधुनिक सजावटले सुसज्जित कोठाका वस्तुहरू यत्रतत्र छन् ।

एकांकी ११ – परिवर्तन

  • by

सामान्य घरको बैठककोठा । बस्ने प्रयोजनका लागि टेबल, कुर्सी, डेक्स र बेन्चहरू राखिएका छन् । भित्तामा विश्व प्रसिद्ध राजनीतिज्ञ, कलाकार, साहित्यकार, दार्शनिक एवं धार्मिक व्यक्तित्वका तस्बिरहरू झुन्ड्याइएका छन् ।

कुरूपता

  • by

पात्रहरू ः गधेपच्चीसी उमेरका रवेन्द्र, कामेश्वर, आनन्द, कुलानन्द र धनेश्वर ।

(तीन जना मानिसहरू छन् । एकअर्कालाई संकेत गर्दै कुराकानी गरिरहेको देखिन्छ ।)

चन्द्रमामा हनिमून

  • by

प्रेमी-प्रेयसी, हामी हाम्रो हनिमून चन्द्रमामा यसरी मनाइरहेछौँ । हामी भर्खरै चन्द्रमामा अवतरित रकेटबाट ओर्लिएका छौँ ।

मान्छेः समय, परिस्थिति र निर्णयको बन्दी

सूत्रधारः- त दर्शकवृन्द ! आज मबाट ठूलो गल्ती भएको छ । त्यसका लागि मलाई क्षमा गर्नुहोला । तपाईंहरू सबै नाटक हेर्न आउनु भएको छ र म नाटक देखाइहाल्न नसक्ने भएको छु । प्राविधिक गडबडीहरू छन् । माफ पाउँ दर्शकवृन्द ! माफ पाउँ । (झुकेर प्रमाण गर्छ । दर्शकदीर्घाबाट हल्लाखल्ला आउँछ ।) शान्त ! दर्शकवृन्द, शान्त । यौटा खुसीको खबर छ । नाटक सुरू नहुञ्जेलसम्म हामी तपाईंहरूलाई एउटा जीवनको विज्ञापन देखाएर मनोरञ्जन प्रदान गर्ने छौँ । जीवन आहाहा ऽऽऽऽऽऽऽ सुन्दर शान्त जीवन !

आऊ नाटक खेलौँ !

  • by

(मञ्चमा केही विद्यार्थीहरू गोलो घेरा बनाएर उभिएका हुन्छन् । स्वागत, सम्पदा, श्रेया, आरिफ, बिनिता, आकार, सनीर, दावा सबैजना ध्यानमग्न देखिन्छन् । उनीहरू सबैले एक-अर्काका हात समातेका छन् । सबैले आँखा बन्द गरेका छन् । नाटकका निर्देशक बालक स्वागत र नाटककार बालिका सम्पदाको आँखा भने खुल्लै हुन्छ । उनीहरू सबैजनाले बाघ, भालु, हात्ती, सिंह, दुम्सी, खरायो, कछुवा, गैँडा, स्याल, मयुर आदिका भेषभुषा लगाएका हुन्छन् ।)

मेलमिलाप

  • by

(मञ्च दुई भागमा विभक्त छ । एक भागमा केही रुख र बुट्टाबुट्टी छन्, मौरीको घार छ । चराहरू स्वतन्त्ररूपले रुखका हाँगामा रमाइरहेका छन् । छत्तीस वर्ष उमेर भएको अशोक हातमा गुलेली र काँधमा झोला भिरेर चरा मार्ने ध्याउन्नमा यताउती गरिरहेको देखिन्छ । मञ्चको अर्को भागमा चार जना राधा, ज्ञानिता, मनोज र हरिश नाम गरेका दशबाह्र बर्षका केटाकेटीहरू खेलिरहेका देखिन्छन् । केही बेरमै उनीहरू कोलाहल शब्दका साथ एकअर्कामा हात हालाहाल गर्न थाल्छन् । लुगासुगा च्यातच्युत हुन्छ । त्यत्तिकैमा अशोक रिसले मुर्मुरिँदै आउँछ र उनीहरूलाई भकुर्न थाल्छ ।)

अशोक ः तिमीहरू अरूको पेटमारा रहेछौ । तिमरूको हल्लाले मेरा सिकार उडे ।

राधा ः (रुञ्चे मुहार पार्दै) विराउनु केही छैन । झगडा हामी बीचको हो । किन कुट्नु भयो ?

ज्ञानिता ः नविराउनु नडराउनु । हामीले कसैको पेटमारेका छैनौँ ।

मनोज ः (गाला सुम्सुम्याउँदै) यो सार्वजनिक ठाउँमा बसेर हल्ला गर्दा पनि पिटाइ खानु हामी माथि गरेको अत्याचार हो ।

अशोक ः (कुट्न झम्टिदै) अझै पुगेन । हल्ला गर्छौ ? सबका मुखमा ताला लगाई दिन्छु । बातले नमाने लातको प्रयोग गर्नुपर्छ भन्ने मलाई थाहा छ । विना कुटाइले शान्ति नै आएन है ।

लाल सूर्य उदाइरहेछ

अमृत :- यो सैनिक पोशाक लगाउन पाइएको छ जनसेना कहलाउन भेट्टाइएको छ । कहिले सम्मानजनक भविष्य देख्छु कहिले गद्दार घोषणा भइएलाकी भन्ने त्रास बोक्छु । आखिरमा न उँभो न उँधोको जीवन विताइरहेको छु जस्तो लागिरहेको छ ।

अनमोल :- के गर्ने र जीवन हत्केलामा लिएर लडिएकै हो । निरंकुशताका मतियारहरूलाई, जनहत्याराहरूलाई पाखा लगाएकै हो । व्यक्तिगत जीवनलाई तिलाञ्जली दिएर राष्ट्रिय हितमा जीवन अर्पेकै हो र पनि यो क्यान्टोनमेन्ट नामक जेलभित्र कैद भएर बसिराख्नुपर्ला कि जस्तो भएको छ ।

आस्था :- घरपरिवारको माया ममतालाई बिर्सेर निमुखा वर्गको हकअधिकार ठूलो ठानेर युद्धमोर्चामा समाहित भइयो । यत्रो रगतको खोलो उरालियो यत्रो कहरको समुद्र तयार भयो । यस्तो अवस्था जानी-जानीकन किन आखिरमा राज्यले हामीलाई किन सौताका छोराछोरीका रुपमा हेर्दछ ? मेरो मनले त आफैँलाई भन्छ- आगो ओकल्न जानेको छस् आगो पचाउन पनि जानेको छस् । सामन्तको सातो उडाउन पनि सिकेको छस् । विकृतिको भण्डाफोर गर्ने प्रशिक्षण पनि पाएको छस् । दबेर नबस् तँ निकै माथि छस् । गुम्सेर नबस् तैँले नै नयाँ नेपालको निर्माण गर्न सक्छस् ।

सम्बन्ध

  • by

कोठाको दृश्य ।

कोठाको दैलो खोलिन्छ । एक युवक हातमा केही पोका झुण्ड्याएर भित्रिन्छ । भित्रबाट दैलो लगाइदिन्छ ।

ग्यासको चुल्हो राखेको ठाउँमा जान्छ । चुल्होमा पानी बसालिदिन्छ । ल्याइएका पोकामध्ये एउटा पोका कफीको हुन्छ जुन बसालिएको पानीमा अलिकति हालिन्छ । अर्को पोकाबाट चिनी हालिन्छ । अरू पोका त्यतिकै छाडिन्छ ।

राजनेताको खोजी

  • by

पात्रहरू: १, २, ३ कुर्सी खोज्ने पात्र २ चाहिँ नारी र अरू पुरुष पात्र ४, ५ जनता पात्र

(ठूलो कुर्सी छ । बैठक कोठाको दृष्य छ ।)

१ – (कुर्सी देखाउँदै) यो मेरो भागमा पर्छ मसँग यी समस्या निर्मूलको अचुक ओखती छ केवल सय दिन बस्न दिनुस् ।
२ – आजसम्म लिनु भो अब नारीको भागमा हुनुपर्छ ।
३ – यसको लायक त म हुँ मसँग दक्षिणेको साथ छ सात समुद्रपारिको समर्थन छ । अब सबको समर्थन मलाई हुनुपर्छ ।
१ – मसँग पनि छ, केवल १०० दिन बस्नदिनुस् । सारालाई रिझाउँछु ।
२ – मसँग पनि छ, केवल १०० दिन बस्नदिनुस् । म काम गरेर देखाइदिन्छु ।

नेपथ्य – आखिरमा समर्थन सबसँग छ सबलाई कुर्सी चाहिएको छ यसैमा खुशी लुकेको छ, फुर्ती अडेको छ । हो, कुर्सीका अगाडि देश छैन, जनता चाहिँदैन ।

कर्फ्यु

  • by

ऐतिहासिक जनआन्दोलनको मध्य दिन हो । चौबीस घण्टे कर्फ्यु घोषणा गरिएको छ । फोन सेवा काटिएको छ । प्रेस, एम्बुलेन्सजस्ता अति आवश्यक कुराहरूलाई पनि पास उपलब्ध गराइएको छैन । मञ्चमा मधुको कोठा देखिन्छ । त्यो कोठा दुई तलामा छ । कोठामा मधु र रिमा मात्रै छन् । मधु करिब २६ वर्षको र रिमा करिब २२ वर्षकी छे । रिमा गर्भवती छे, आजभोलि नै डाक्टरले उसलाई समय दिएको छ । रिमा कोठामै बसेकी छे । पृष्ठभूमिमा आन्दोलनको नारा सुनिन्छ । एम्बुलेन्स ओहोरदोहोर गरेको आवाज पनि सुनिन्छ । उसलाई अलिअलि पेट दुखेको छ । रिमा झ्यालबाट बाहिर हेरिरहेकी छे । कर्फ्युको सूचना आउँछ ।

पर्दाभित्र

  • by

उद्घोषकः अब हाम्रो नाटक सुरु हुन्छ । सबैजना हल्ला नगरी बस्नुहोला । सुरु हुन्छ नाटक । यो नाटकको शीर्षक हामीले राख्न भ्याएमा छैनौँ । किनभने नाटक लेख्दा लेख्दै यस नाटकका नाटककार जरुरी कामले गाउँ जान पर्‍यो । गाउँमा टेलिफोन छैन । सम्पर्क गर्ने कुनै उपाय पनि छैन । उहाँले नाटक त लेख्नुभयो, शीर्षक राख्न भ्याउनु भएन । सोधौँ भने उहाँसँग सम्पर्क नै गर्न पाएको छैन, कसरी सोधौँ ।

वादविवाद

(सुनसान रङ्गमञ्चमा घरको कोठाको झलक दिने वस्तुहरू यत्रतत्र छन् । सर्वप्रथम बहिनी रङ्गमञ्चमा आउँछे । ऊ बोल्न सुरु गर्दा नगर्दै क्षणभरमै अरू तीन जना पात्रहरू रङ्गमञ्चमा आउँछन् । एक कुनामा पाँच वर्षे छोरी खेल्न थाल्छे । श्रीमान्, श्रीमतीको ठाकठाकठुकठुक परेको आभाष मिल्ने कुराहरू मनग्यै छन् । रङ्गमञ्चको भित्ता रत्ताम्मे छ कतै, कालाम्मे छ कतै । कतै रङ्गमञ्च सुख्खा छ, कतै पानीले हिलाम्मे छ । ऊ बोल्दै जान्छे, रङ्गमञ्चको रौनकता थपिँदै जान्छ । रङ्गमञ्चमा एक प्रकारको जिज्ञासा सर्वत्र छाउँछ ।)

एकांकी १५ – परिकल्पित सङ्घीय राज्यको परिचय

  • by

एउटा सुनसान ठूलोकोठा । परपर स-सानो गाइँगुइँ आवाज मात्र सुनिन्छ । लिम्बूवान विजयपुर कोचिला किराँत मधेस तामाकोशी शेर्पा तामसालिङ्ग नेवा नारायणी तमुवान रिडी मगर थारुवान भोटेलामा भेरीकर्णाली सेतीमहाकाली जस्ता १७ राज्यहरुसँग नाम मिल्न खोजेका सत्रजना युवकयुवतीहरु गम्भीररुपमा बसेका देखिन्छन् । उनीहरु क्रमश: पूर्वदेखि पश्चिमतिर लहरै बसेका छन् ।

गणतन्त्र होसियार

  • by

सहिदको सिकुवामा दमाइकान्छा सहिदकी पत्नी सीता र छोरी आस्थाको कपडा सिइरहेका छन् । गाउँको शिक्षित युवा भूषणले गणतन्त्रका प्रतीक नेपालका एक जना राष्ट्रिय नेतालाई डोर्याउँदै ल्याइपुर्याउँछन् । नेता सेताम्मे फुलेका देखिन्छन् ।

लोढाशङ्करको अभियान

  • by

त्यस दिन बुचाइ पण्डित र लोढाशङ्करबीच भयङ्कर जुहारी चल्यो। बुचाइ पण्डित रिसले बुरुक्क-बुरुक्क उफ्रिरहेका थिए। तर लोढाशङ्कर पनि पछाडि हट्नेवाला थिएन, लँगौटा कसेर पण्डितसँग भिडेको थियो। हामी रमिते बनेर द