एकांकी ०९ – नम्र विनम्र
(रङ्गमञ्चमा ठूलो अक्षरमा ‘नम्र विनम्र’ लेखिएको छ । रङरोगनहीन कुर्सीटेबुलहरू राखिएका छन् । गरिबीका नमूना यत्रतत्र छ । भुइँघरको दलानमा नविता, लोचन, अमित र कर्णनाथ बसेका छन् । कर्णनाथ छटपट गरिरहन्छन् । लोचन निराश छिन् । उनको काखमा दुई नाबालक बच्चा (एकजना छोरा र एकजना छोरी) छन् । नविताको मुहारमा भय र त्रास छ ।)
कर्णनाथ : (मञ्चको चारैतिर घुमेर हेर्दै) गम्भीर ! गम्भीर !! जताततै गम्भीरता !! हेर्नुस् लोचन दिदी र नविता बहिनी ! निरास नहुनुस् । मक्ख पनि नपर्नुस् । (भित्तामा लेखिएको तुल हेर्दै) नम्र त्यसमा पनि अँझ विनम्र ! सानो आश्चर्यमा अर्को ठूलो आश्चर्य !! मौकामा चौका हान्ने बानी नै परिसक्यो मलाई । हेर्नुस्, विवाहित जीवन सफल बनाउनुछ भने प्रेम गर्नुस् । जान्नु हुन्न भने सिक्नुस् ।
