Skip to content

atript

माछा मार्ने ए चेपांग दाइ

माछा मार्ने ए चेपांग दाइ
राप्तीको तिरै तिर माछा मार्ने ए चेपांग दाइ
आज कति माछा मार्यो भन न हामीलाई ……….२

कहिले थुन्छाउ दुहाली त कहिले हानछौ जाल पनि

सिम खोलीमा पानी आछ,आ-छैन

जस्तो भाग्य त्यही भोग्नु पर्ने
छाड्नु पर्यो आफन्त गाउँघर नि
सिमखोलीमा पानी आ’छ, आ’छैन
धेरै भयो निरमाया गैरी-खेतमा जोत्न पा’छैन………..

पानी बिनाको माछी हुन्छु नि

भौतारीदै हिड्दै छु अरब
तिम्रो पिरले जिउ भयो खराब
पानी बिनाको माछी हुन्छु नि
याद आउदा अतितका पलहरु, आफ्नु भाग्य सम्झी रुन्छुनु

मलाई जस्तै तिमीलाई नि हुँदो हुन्

छाडी उनले साथ्

लोकगीत
आको मुग्लान सम्पति कमाउन
भाबि जीबन उनि संगै रमाउन
छाडी उनले साथ्
आफ्नु मुटु सम्झिने मायाले गर्यो मलाई घात्…..

दुइ दिन भा थियो म भाको टाढा
गईन उनि काटेर नौ डाडा

झर्द खेरि निरमाया ओराली

लोगीत
झर्द खेरि निरमाया ओराली
कुरी बस्थे म बजाउदै मुरली
झल्को मनैमा…
संगै दिन बिताउथे रानीबनैमा………….

टिप्थे काफल रुखैमा चडेर,
संगै रुन्थे कुनै दिन लडेर
झल्को आखैमा …..

म त कोन को…………..

त्यती सारो छैन भो म खुनी
किन कुरा गरेको दिल छुनी
कहिले मरौ भो
आखिर तिमीले सोचेछौ म त कोन को…………..

कि त मलाई भुत्तुक्कै मार
तिर लागेको मृगा झैँ नपार
कहिले मरौ भो

सिर्जनाको फुल

प्रकृतिले नफुला सिर्जनाको फुल
फुलाउनु छ हामीले यहाँ
साहित्यको सिरलाई
सगरमाथामा चुलाउनु छ हामीले यहाँ !

रुडी बादीले ग्रसित हाम्रो समाजमा
साहित्यरुपी महाबाणीले
सहि बाटो खुलाउनु छ हामीले यहाँ

किन आरोप लाउछौ ?

धोका दिएको भनौ भने
तिमीलाई साथ् दिएकै थिए ,
दुख पर्दा तिम्रो सामो
मैले नि आशु पिएकै थिए !

छाती भरि ब्यथा बोकी
तिम्रै लागि जिएकै थिए
मन तन फाड़द समस्याले
दुवै मिलि सिएकै थिए !!

जाने नौ कहिलै हार्नलाई ,

म त नया नौलो सोच्ने गर्थे,खोज्ने गर्थे
तिमीलाई सदा खुशी पार्नलाई ,
अतितका घाउ कोटाउदै तिमीले चाइ रहयो
मलाई बिहाल पारि आशु झार्नलाई !

हरेक कुरामा जिते जित चाही रहयो तिमी

जाने नौ कहिलै हार्नलाई ,

म त नया नौलो सोच्ने गर्थे,खोज्ने गर्थे
तिमीलाई सदा खुशी पार्नलाई ,
अतितका घाउ कोटाउदै तिमीले चाइ रहयो
मलाई बिहाल पारि आशु झार्नलाई !

खोज मेरो कमि कमजोरीहरु

खोज अझै खोज मेरो कमि कमजोरीहरु
यति तिमीलाई नाफा र फाइदा हुन्छ हुन्छ भने ,
थाहा पाको थिए प्रेम मा भूतलाई होइन
बर्तमान र भाबिस्यलाई सोच्नु पर्छ भन्ने
यति तिमीलाई भूतकालको बारेमा खोज्दा

आफैलाई लाग्छ घिन हजुर

तातो हावा संगै बालुवा र घाम खादै
बिद्छ मेरो दिन हजुर,
दिनै पिच्छे बढ्दै गर्छन
सय कट तीन ऋण हजुर !

बेर्थै आएछु झैँ लाग्छ
नभएको पिर चिन्ता लिन हजुर
छाउन नपाइ खिएर

फुलाउ सिर्जनाका नया नया फूलहरु

आफुले गर्न सकिन्न केही
अरुले गरेकोमा रीस र डाहा गर्छन
मानबको रुप लिएका जन्तुहरु,
यस्तोहरुको अगाडी अझै
सस्क्तारुपले अघि बढ्नु पर्छ
मेरो प्रिय शुभचिन्तक र बन्दुहरु !

पल पल तिम्रो सम्झनामा

पल पल तिम्रो सम्झनामा
तप तप आशु नचुएको कहाँ होर प्रिय
शायद धेरै माया गर्नाले होला कि,,,
सानो कुराले नि चसक्क मुटु नछुएको कहाँ होर प्रिय !

भन्छु भन्थे आफ्नु बास्तबिकता

खोइ कत्ता हो कत्ता

खोइ कत्ता हो कत्ता

केहि दिनलाई जान्छु भन्थि

गाको पनि थियो उनी

केहि खबर नि पाको हैन

कुन अवस्थामा छीन् पो कुनी ।

पुग्ने बित्तिक्कै खबर दिन्छु

भन्दै गाथिइ मेरो उनी

पिरतीको जाली

तिम्रो मृगनयना र खरायो-चाल देख्दा
बन्द परेलीमा थुनौं थुनौं लाग्यो ,
मैनाको झैं तिम्रो मोहानी बोली सुन्दा
तिम्रै नजिक हर क्षण सुनौं सुनौं लाग्यो !

स्वागत छ

स्वागत छ

उजाड उजाड मेरो मनको मझेरीमा
स्वागत छ तिमी बाहर बनि छाउ छौ भने
भुलेर सारा पिर चिन्ता
निश्चल माया लाउ छौ भने !

मेरो हरेक दुख सुखमा
तिमी प्रित बनि गाउ छौ भने

छाडी गए नि

छाडी गए नि

छाडी गए नि मलाई
तिम्रो साथ् पाए जस्तो
पराइको अंगालोमा बाधे पनि तिमी
म संग माया लाए जस्तो !

सोच्दा सोच्दै लथारक्का थाक्छु
तिमीलाई भेट्न धाए जस्तो
कुनै बेला खुशी हुन्छ यी मन