तिम्रो मृगनयना र खरायो-चाल देख्दा
बन्द परेलीमा थुनौं थुनौं लाग्यो ,
मैनाको झैं तिम्रो मोहानी बोली सुन्दा
तिम्रै नजिक हर क्षण सुनौं सुनौं लाग्यो !
गुलाफ झै मुस्कान तिम्रो टप्प टिपी
सिरमा उनौं उनौं लाग्यो
तिम्रै समिप्यमा बसी मायालुको
भाका गुनौं गुनौं लाग्यो ….
हुन त मलाई नै थाहा छैन काली
किन किन पिरतीको जाली
रुमाल बुनौं बुनौं लाग्यो…..!!
राजेश रुम्बा लामा
दोहा कतार.
reasonlama_rumba@yahoo.com

really nice
really nice
tnx for coment atithi
tnx for coment atithi jiu..
rajesh