पल पल तिम्रो सम्झनामा
तप तप आशु नचुएको कहाँ होर प्रिय
शायद धेरै माया गर्नाले होला कि,,,
सानो कुराले नि चसक्क मुटु नछुएको कहाँ होर प्रिय !
भन्छु भन्थे आफ्नु बास्तबिकता
मनमै रही धाँङ्ग धाँङ्गती नकुएको कहाँ होर प्रिय
देख्ने गर्थे धेरै सपनाहरु
पुरा हुन्न नपाउदै नतुएको कहाँ होर प्रिय !!
बस्नु पर्दा एक्लै आफु
तिम्रो यादले सताउद नरुएको कहाँ होर प्रिय
कोल्टे फेर्दै हार रात
तिम्रो चिनो जाली रुमाल आशुले नधुएको कहाँ होर प्रिय ……
राजेश रुम्बा लामा
दोहा कतार
