लोगीत
झर्द खेरि निरमाया ओराली
कुरी बस्थे म बजाउदै मुरली
झल्को मनैमा…
संगै दिन बिताउथे रानीबनैमा………….
टिप्थे काफल रुखैमा चडेर,
संगै रुन्थे कुनै दिन लडेर
झल्को आखैमा …..
संगै दिन बिताउथे रानीबनैमा ……..
खेल्थियो बाघ चाल बाख्रा र बाघ बनी ,
फर्खिन्थियो बाख्रा घर खाइदिन्थियो साग पनि
झल्को आखैमा …..
संगै दिन बिताउथियो रानीबनैमा……..
झल्को आखैमा …..
संगै दिन बिताउथियो रानीबनैमा……..
कुनै दिन त हराउथियो बोका नि
हन्थियो बाउ ले उठ्ने गरी फोक्का नि
झल्को आखैमा ..
संगै दिन बिताउथियो रानीबनैमा ……
राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार !
