Skip to content

atript

एकल लोक गीत

एकल लोक गीत

नेता सबै थालि गो बहुलाउन
देशमा बिकाश दिएन माहुलौना
अब के हुनी हो………..२
यस्तो हालत देखेर हाम्रो देश
कहिले सम्म रुनी हो .

कोहि बस्छन सत्ता मा निदाउदै

तिम्रै माया लाग्छ काली,

तिम्रै माया लाग्छ काली,
जति रीस उठे पनि अन्त्यमा त
तिम्रै माया लाग्छ काली,
माया गर्ने त हजार होलान
तर,यो मनले तिमीतिर ताग्छ काली !

जति दोषी देखे पनि तिमीलाई अन्त्यमा त

आधुनिक गीत

आधुनिक गीत
तिम्रो आखाको नानी भित्र
बास माग्न खोजेको थिएन,
यति कठोर छौ तिमी भनि
कहिले मैले सोचेको थिएन !
सिरिप चाहेको थिए
तिम्रो छात्रा छाया
अरुलाई दिई बाकी रहेको

kallu

देश खायो नेताले

देश खायो नेताले
अब चुप लागेर न-बसौ ,
बचाउनु छ हामीले देश
घर जानलाई कामर कसौ !

चुस्न सम्म चुसी गो देश
सोझो जनतालाई ठगेर ,
जिउदै गाडौ है यी सबलाई
मसान घाटमा लगेर !!

आज देश रोए रहेको छ …

आज देश रोए रहेको छ …

बिश्व उचइमान हिउका चुलीहरु पग्लिदै छन्

हरियो बन नेपालको धन जत्ता तत्तै आगो सल्किदै छन्

असल देशभक्त र कर्मयोगीहरुको झुपडीहरुमा

अनिकालको भेल पहिरो उर्लिदै छन्

बधाई छ धोकेबाच तिमीलाई

बधाई छ धोकेबाच तिमीलाई

मैले गरेको माया र बिस्वाश लाइ
कुठार घात गरी (गयो) तिमी
भुलेर वाचा कसम अतित्ताका
मेरै सामो अरुको (भयो) तिमी …..
बधाई छ धोकेबाच तिमीलाई

गयो तिमी माया मारी

साथीत्त्वको नात्तै तोडी
गयो तिमी माया मारी,
हेर्दा खोज्दा नदेख्ने गरी
सयौ सयौ खोला पारी !
निश्चल थियो मेरो माया
गयो तिमीले माया मारी
ओभानो यो आखाबाट
साउनको भेल झैँ आशु झारी !!

गीत !

गीत !

किन लाग्छ तिम्रो धेरै माया
किन लाग्छ संका,
खेल्छ कुरा अनेक थरी
उड्छ मन बनि चंगा !

रिस उठ्छ रुदै कराउ लाग्छ
भेट्दा तिमीसंग ,
गर्नु गाली गरेसी पछुतो लाग्छ

सुकेको पात हुँ म

सुकेको पात हुँ म
तिम्रो निम्ति फुल कहाँ हुन सक्छु र
पानी बिनको बगर हुँ म
तिम्रो निम्ति मूल कहाँ हुन् सक्छु र !

मार्ग हिन हुँ म
तिम्रो निम्ति जागर तर्ने पुल कहाँ हुन् सक्छु र

राम्रै रहिछ धन्न !

खोज्दा खोज्दा थाके म त
कत्ता हराको?
राम्रै रहिछ धन्न !
यो मन त डराको ..

म त सोच्छु सधै आफ्नु,
किन सोच्छौ मलाई पराको ?
तिम्रो जस्तो हो यो छात्ती
किन चराको ?

ठाडो गीत (घासे गीत)

ठाडो गीत (घासे गीत)

पानी रे पर्दा हो रिमि र झिमि सलाम सानु माया
घाम लाग्दा घमैलो,
रिबन कपलैमा हाम्रो नेपालैमा सलाम सानु माया
घाम लाग्दा घमैलो
सुख आराम भएनी सलाम सानु माया

हुने खनेको छोरा हु म

हुने खनेको छोरा हुँ म
नाम हो मेरो सोम ,
मैले भने मानेन भने
काट्छु खोम खोम !
तरबार मेरो साथी हो,
पल्सर बाईक जिग्री ,
बाउले पेशा पेलेर भए नि
पास गरेछु डिग्री !!

आर्को नाता खोज्यौ किन ?

साथीत्वको मिठो साथ र माया दिएकै थिए
आर्को नाता खोज्यौ किन ?
वास्तविकता तिमीलाई सुनाउदा
तिम्रो छाती गोच्यो किन?

झुट्टो कुरामा तिमीलाई अल्झाई, खेलौना
बनाउने चाहना थिए
शंकैशंकाले सोच्यौ किन ?
माया त आखिर साथीको पनि माया नै त हो
प्रेमीको माया खोज्यौ किन?

तिमीले नि साथीको रुपमा लिन सक्थ्यो मलाई
प्रेमीको रुपमा रोज्यौ किन?
पहिला त आखैमा लुकाउँला झैँ गर्थी
अहिले पैतालामा नि गोच्यो किन?
साथीत्वको मिठो साथ र माया दिएकै थिए
आर्को नाता खोज्यौ किन ?

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

ए मेरो साथी संगी

ढक्क मक्का कुहिरो भित्र च्युत्रु खाने
ए मेरो साथी संगी
आज कती खायो भन्नु न है ,
साउनी झरीमा नित्रुक्का भिज्दै ओडार तिर भाग्ने
ए मेरो साथी संगी
मेरो पनि बाख्रा छ छैन गन्नु न है !

एक्लै जिएर हेरेको छु ,

तिम्रो आगमन नहुदा
एक्लै जिएर हेरेको छु ,
तिम्रो यादले निचोरिदा
त्यो भुल्न……..
नसा पिएर हेरेको छु !
तिम्रो साथ् नपाई यो मन फाड़दा
एक्लै बसी सिएर हेरेको छु ,
अर्कै बाटो तिमीले रोज्दा

कठै !!!

कठै !!!
पारी बास झ्यांग्मा कराउनी
झ्याउकुरीका सन्तानहरु
बासै छाडी कतै भाग्यो रे ,
चिर बिराउदै कराउनी फिस्टे चरीहरु पनि
गुडे छाडेर खोइ कता लाग्यो रे ……

बिरहामा गाउने न्याउली पनि

सुभकामना

सुभकामना

नया बर्ष तिम्रो निम्ति बहुमुल्य हिरा र मोती बनि आयोस
लाखौ लाख बर्ष पनि रक्त संचार गर्ने धमनी र सिरा बनि आयोस
मन मस्तिस्कमा जोस जाँगर र उमान्गे उमंगले छायोस

अप्रिल फुल मनायो

अप्रिल फुल मनायो
आफुलाई नघोच्ने काडा देखी
मलाई फुल बनायो तिमीले ,
मेरो सोझोपनको फाइदा उठाउदै
अप्रिल फुल मनायो तिमीले
आखिर सन्सार स्वार्थी छ, आफ्नु खुशी मात्र हेर्छन सबै

आउ नया बर्ष तिमी

आउ नया बर्ष तिमी

चैतामासमा सुकेको पात झै होइन,
बसन्तको पालुवा झै भएर आउ
उराठ लाग्दो आगोले खाको बन जस्तो होइन
जत्ता ततै हरियाली छाएर आउ ..

कोल्हाल र मार् पिट होइन नया बर्ष