Skip to content


कुर्दा कुर्दै थाकिसकें तिमी कहा छौ प्रिय!
तिमी बिना लाग्छ सबै जीवनमा अपृय
छन् सबै तर देख्छु चारैतिर सुन्यता
कुन भाग्यरेखाले छेकिदियो भयौ कता कता

सपनी देखे अरुले नै तिम्रो सिउँदो रङ्गाउँदैछ
किन हो किन छातीभित्र आधिबेहरी मचिंदैछ
बिहान देखें काँचको ऐना झराम्मै फुटिरैछ
कोल्टे फेर्यो समयले हाम्रो नाता टुट्नु रैछ

माया छुट्यो साथ टुट्यो जोडिदिने वस्तु भेटिन
मर्नु बाच्नु एउटै भयो मनमा खुसी कतै देखिन
तिमीलाई भुल्न सक्छु कि भनी परदेश लागें
जति दुख पाए पनि तिम्रो लागी खुसी नै मागें

सुन्दर सपना तिमी हौ म टुटे नि तिमी सजिराख्नु
तिम्रो मधुर मुस्कान बहुमुल्य छ सधैंभरि हाँसिराख्नु
मेरो आत्मामा तिमी छौ अनि आत्मा कहिल्यै मर्दैन
हाम्रो सङ्गम नभए पनि तिम्रो याद कहिल्यै रित्तिंदैन

indra20092003@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *